Online Nepal
  • बिहिबार, ६ बैशाख २०८१
  • नाडाल र जोकोविच फ्रेन्च ओपनको दोस्रो चरणमा

    नाडाल र जोकोविच फ्रेन्च ओपनको दोस्रो चरणमा

    अनलाइन नेपाल
  • बुधबार, १९ जेष्ठ २०७८
  • 1.9K
    SHARES

    एजेन्सी । विश्व नम्बर तीन राफायल नाडालले २१ औँ ग्राण्डसलाम उपाधि जित्ने होडसहित फ्रेन्च ओपन टेनिसमा विजयी सुरुवात गरेका छन् ।

    पहिलो चरणको खेलमा ३४ वर्षे स्पेनिस खेलाडी नाडालले अस्ट्रेलियन एलेक्सी पोपिरिनलाई पराजित गरेका हुन् । नाडालले ६–३, ६–२ र ७–६ ९७–३० को जित निकालेका हुन् ।



    यस्तै शीर्ष बरियताका सर्बियन खेलाडी नोभाक जोकोविच पनि दोस्रो चरणमा प्रवेश गरेका छन् । उनले अमेरिकी टेनिज सान्डग्रेनलाई ६–२, ६–४ र ६–२ को सेटमा पराजित गरेका हुन् ।



    सातौँ बरियताका रुसी खेलाडी एन्ड्री रुबेल्भ भने ४२ औँ बरियताका जर्मन खेलाडी जेन–लेनार्ड स्ट्रूफसँग पराजित भएका छन् ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार