Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

अबदेखि विश्वकप क्रिकेटको एकदिवसीयमा १४ र टि-ट्वान्टीमा २० टीमबीच खेल हुने

एजेन्सी । आईसीसीले एकदिवसीय र टी-ट्वान्टी विश्वकप क्रिकेटमा सहभागी टिमको संख्या बढाएको छ ।

आईसीसीले मंगलबार एकदिवसीय विश्वकपमा टिमको संख्या बढाएर १४ र टी-ट्वान्टी विश्वकपको टिमको संख्या बढाएर २० टिम बनाउने निर्णय गरेको छ । जसअनुसार आईसीसीले २०२७ र २०३१ को विश्वकपमा १४ टिमले प्रतिस्पर्धा गर्ने जनाएको छ ।

यसअघि एकदिवसीय विश्वकपमा १० टिमले प्रतिस्पर्धा गर्दै आईरहेका थिए ।

यस्तै,आईसीसीले २०२४, २०२६, २०२८ र २०३० विश्वकपमा २० टिमले प्रतिस्पर्धा गर्ने जनाएको छ । टी-ट्वान्टी विश्वकपमा १६ टिमले प्रतिस्पर्धा गर्दै आईरहेका छन् ।

यसैगरी, सन् २०२४ को विश्वकपपछि हरेक दुई वर्षमा टी-ट्वान्टी विश्वकप आयोजना गर्ने निर्णय समेत आईसीसीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077