Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • चुरे क्षेत्रको चौतर्फी आलोचनापछि सरकारको प्रष्टोक्ति – संरक्षण र सम्वर्द्धन गर्न प्रतिबद्ध छौँ

    चुरे क्षेत्रको चौतर्फी आलोचनापछि सरकारको प्रष्टोक्ति – संरक्षण र सम्वर्द्धन गर्न प्रतिबद्ध छौँ

    अनलाइन नेपाल
  • बुधबार, १९ जेष्ठ २०७८
  • 2K
    SHARES

    काठमाडौँ । सरकारले चुरे क्षेत्रको संरक्षण र सम्वर्द्धन गर्न प्रतिबद्ध भएको जनाएको छ।

    गत शनिबार ल्याएको बजेटमा व्यापार घाटा न्यूनीकरण गर्न खानीजन्य ढुङ्गा, गिटी र बालुवा निर्यात गर्ने उल्लेखको चौतर्फी आलोचना बढेपछि अर्थ मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै विज्ञप्तिमार्फत प्रतिबद्ध भएको प्रष्ट्याएको हो ।



    मन्त्रालयका प्रवक्ता महेश आचार्यद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ, ‘नेपाल सरकार चुरे क्षेत्रको संरक्षण र सम्वर्द्धन गर्न प्रतिबद्ध छ । चुरे क्षेत्रको दोहन हुन नदिन र वातावरण संरक्षणमा नकारात्मक प्रभाव पर्न नदिन सचेत रहेको छु’ .



    बजेट वक्तव्यमा खानी तथा भूगर्भ विभागले पहिचान गरेका र वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन बमोजिम चुरेर भावर, शिवालिक र नदीप्रणाली बाहेकका उपयुक्त क्षेत्रमा खानी उत्खनन् गर्ने नीतिगत दृष्टिकोण प्रस्तुत गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

    मन्त्रालयले विज्ञप्तिमार्फत् भनेको छ, ‘सम्बन्धित सरकारी निकाय, वातावरणविद्, विषय विज्ञ र सरोकारवालाहरुसँग छलफल गरी प्राप्त हुने सल्लाह र सुझावका आधारमा कार्यविधि, निर्देशिका, मापदण्ड एवं कानूनी प्रबन्ध गर्न तथा वातावरण र जीविकामा प्रतिकूल असर नपर्ने व्यवस्था मिलाउन नेपाल सरकार पूर्ण प्रतिबद्ध रहेको व्यहोरा समेत सबैलाई अनुरोध गर्न चाहन्छ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार