Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • ज्योति गुप्रद्वारा कोभिड राहतमा २ करोडको सहयोग

    ज्योति गुप्रद्वारा कोभिड राहतमा २ करोडको सहयोग

    अनलाइन नेपाल
  • बुधबार, १९ जेष्ठ २०७८
  • 2.4K
    SHARES

    काठमाडौं । नेपाली उद्योग क्षेत्रका चिरपरिचित नाम ज्योति ग्रुप अन्तर्गत रहेका स्याकार ट्रेडिङ्ग कम्पनि प्रालि र भाजुरत्न ट्रेडिङ्ग कम्पनि प्रालिले कोभिड महामारीको यस कठिन परिस्थितिमा एक जुट भई लड्नका लागि विभिन्न क्षेत्रमा करिब २ करोड रकम सहयोग स्वरुप प्रदान गरेको छ ।

    सहयोगको क्रममा ज्योति ग्रुपले नेपाल उद्योग वाणिज्य महासंघको राहत कोषमा १० लाख रुपैयाँ, क्रियसन नेपाललाई ५ लाख २२ हजार रुपैयाँ बराबरको २५ थान अक्सिजन सिलिण्डर, आछाम अस्पताललाई ७ लाख ७० हजार बराबरको ५ थान अक्सिजन कन्सन्ट्रेटरस र हेल्थी नेशन फाउण्डेशनलाई ७ लाख ७० हजार बराबरको ५ थान अक्सिजन कन्सन्ट्रेटरस सहयोग उपलब्ध गराइएको हो ।



    त्यसैगरी गंगालाल अस्पताललाई ५ लाखको एब्एच् सुट प्रदान गरेको छ भने जर्मन अक्सिजन प्लान्टका लागि नेशनल विजनेश इनिटेटिभलाई १५ लाख रुपैयाँ, त्रि.वि. शिक्षण अस्पतालमा जडान गरिने फ्रान्सेली अक्सिजन उत्पादन कम्पनि नोभियरको अक्सिजन प्लान्टलाई फ्रान्सबाट नेपाल ल्याउनको लागि एअर कार्गो सहित कुल १ करोड २१ लाख रकम सहयोग उपलब्ध गराएको छ । त्रि.वि. शिक्षण अस्पतालमा जडान गरिने उक्त अक्सिजन जेनरेटरहरूले ५० बेडलाई पर्याप्त हुने गरी प्रति मिनेट २५० लिटर अक्सिजन उत्पादन गर्ने क्षमता राख्दछ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार