Online Nepal
  • मंगलबार, १३ साउन २०८२
  • एमाले फुट्दैन, छिट्टै ‘ब्रेक थ्रु’ हुन्छ : नेता रिजाल

    एमाले फुट्दैन, छिट्टै ‘ब्रेक थ्रु’ हुन्छ : नेता रिजाल

    अनलाइन नेपाल
  • बिहिबार, २० जेष्ठ २०७८
  • 2.9K
    SHARES

    काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेको अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीचको आन्तरिक कलहले गर्दा विवाद झनै जटिल मोडमा पुगेको देखिन्छ।

    पार्टीभित्र देखिएको विवाद समाधान गर्ने ओली पक्षको प्रयास जारी रहेको बेला नेपाल पक्ष भने पुन आगामी दिनहरुमा अध्यक्ष ओलीले धोका दिन सक्ने भन्दै नयाँ पार्टी गठनको प्रक्रियामा लागेका छन्।



    यसैबीच दुई पक्षबीच बिबाद चलिरहेको बेला आज भिन्नभिन्नै बैठक बस्दैछ। पार्टी एकता र विभाजनमा दुवै पक्षका नेताहरुले भने ठोस अडान लिन सकेका छैनन्। अध्यक्ष ओलीसंगको एकता टरिसकेको भन्दै नेता नेपालले आज नयाँ पार्टी गठन प्रक्रियालाई अगाडि बढाउन बैठक बोलाएको उनीनिकट नेताहरुको भनाइ छ।

    तर, एमालेका केन्द्रीय सदस्य तथा ओलीनिकट मानिने नेता बिष्णु रिजालले भने पार्टी नफुट्ने दाबी गरेका छन्। उनले पार्टीभित्र सैद्धान्तिक-बैचारिक विवाद नभएको भन्दै यस्तो दाबी गरेको बताएका छन् ।

    संगठनात्मक व्यवस्थापनका बारेमा विवाद छ, जुन जेठ २ वरपर रहेर निकास खोज्नासाथ समाधान हुन्छ, सबै नेता-कार्यकर्ताले काम गर्न पाउने वातावरण बन्छ, उनले भने, ‘त्यसपछि भित्र-बाहिरबाट जति प्रयत्न गरे पनि पार्टी फुट्दैन । आशा गरौँ, छिट्टै ‘ब्रेक थ्रु’ हुन्छ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    नयाँ अपडेट
    अन्य समाचार