Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • लकडाउन उलंघन गरेको आरोपमा बलिउडका अभिनेता टाइगर र अभिनेत्री दिशा प्रहरीको फन्दामा

    लकडाउन उलंघन गरेको आरोपमा बलिउडका अभिनेता टाइगर र अभिनेत्री दिशा प्रहरीको फन्दामा

    अनलाइन नेपाल
  • बिहिबार, २० जेष्ठ २०७८
  • 3.4K
    SHARES

    एजेन्सी। भारतका विभिन्न राज्यहरुमा कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणको लागि लकडाउन गरिएको छ । यसैक्रममा लकडाउन उलंघन गर्नेलाई प्रहरीले कारबाही पनि गरिरहेको जनाएको छ।

    यस्तै, बलिउडका २ कलाकार पनि प्रहरीको फन्दामा परेका छन् ।



    अभिनेता टाइगर श्राफ र अभिनेत्री दिशा पाटनीले लकडाउनको समयमा कारमा हिडेपछि प्रहरीको फन्दामा परेका हुन् । यी दुई कलाकार जुन १ तारिखमा मुम्बइमा घुमफिर गरिरहेको समयमा प्रहरीको फन्दामा परेका हुन्।



    बाहिर निस्कनुको ठोस कारण केही पनि नपाएको मुम्बई प्रहरीले भारतीय मिडियालाई जानकारी दिएको छ । उनीहरुको कागजपत्र चेक गरेर प्रहरीले छाडेको थियो । अब भने प्रहरीले घटनाको छानबिन गरेर एफआइआर दर्ता गरेको छ ।

    भारतिय मिडियाका अनुसार उनीहरुविरुद्ध धारा १८८ अनुसार एफआइआर दर्ता भएको हो ।

    मुम्बइमा जुन १५ तारिखसम्म कफ्र्यू लगाइएको छ भने बिहान ७ बजेदेखि दिउँसो २ बजेसम्म मात्र बाहिर निस्कने छुट छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार