Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • चुरे क्षेत्र

    प्रदेश नं २ सरकारको केन्द्रलाई चेतावनी : नसच्याए आवश्यक निर्णय लिन्छौं

    प्रदेश नं २ सरकारको केन्द्रलाई चेतावनी : नसच्याए आवश्यक निर्णय लिन्छौं

    अनलाइन नेपाल
  • बिहिबार, २० जेष्ठ २०७८
  • 2.1K
    SHARES

    जनकपुरधाम। सरकारले अध्यादेशमार्फत् ल्याएको बजेटमा सभावेश भएको ढुंगा, गिटी, बालुवा निकासी गर्ने कार्यक्रम हटाउन प्रदेश नम्बर २ सरकारले आग्रह गरेको छ।

    मुख्यमन्त्री लालबाबु राउतले आज विज्ञप्ति जारी गर्दै बजेटको उक्त कार्यक्रम सच्याउन आग्रह गरेका हुन् । राउतले केन्द्र सरकारले उक्त कार्यक्रम नसच्याए प्रदेश नम्बर २ सरकारले चुरे संरक्षण तथा प्राकृतिक सम्पदा रक्षार्थ आवश्यक निर्णय लिने चेतावनी दिएका छन्।



    सरकारले चुरे दोहन हुने गरी ल्याएको कार्यक्रमबारे गम्भीर ध्यानाकर्षण भएको पनि उनले उल्लेख गर्दै आज विज्ञप्ति निकालेर विरोध गरेका छन्।



    ‘चुरे क्षेत्रको माटो एकदमै कमजोर छ। चुरे दोहनले सबै प्राकृतिक सम्पदाले आफ्नो बासस्थान गुमाउने निश्चित छ,’ विज्ञप्तिमा भनिएको छ, ‘सरकारको यस्तो अदुरदर्शी निर्णयले प्रदेश नम्बर २ बाट ढुंगा, गिटी, बालुवा उत्खनन् गर्ने योजनाले देशकै अन्न भण्डारका रूपमा रहेको भू-भाग मरूभूमिकरण भई शतप्रतिशत जनताको विल्लीबाठ हुने निश्चित छ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार