Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • २४ घण्टामा निषेधाज्ञा उल्लंघन गर्ने १,६९५ वटा सवारी साधन नियन्त्रणमा

    २४ घण्टामा निषेधाज्ञा उल्लंघन गर्ने १,६९५ वटा सवारी साधन नियन्त्रणमा

    मापदण्ड उलंघन गर्ने ८११ जनाबाट ८१ हजार १ सय रुपैयाँ जरिवाना संकलन

    अनलाइन नेपाल
  • बिहिबार, २० जेष्ठ २०७८
  • 2.1K
    SHARES

    फाइल तस्बिर

    काठमाडौं । विभिन्न जिल्लामा लागू गरिएको निषेधाज्ञा कार्यान्वयनको सिलसिलामा पछिल्लो २४ घण्टामा निषेधाज्ञा उल्लंघन गर्ने १ हजार ६ सय ९५ वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । तीमध्ये ६ सय ९३ वटा गाडी र १ हजार २ वटा मोटरसाइकल रहेका छन् ।

    नियन्त्रणमा लिएका सवारी साधनहरुलाई आवश्यक सोधपुछ पश्चात छोडिने गरिएको प्रहरीको भनाइ छ । साथै, नयाँ भेरियन्ट सहितको कोभिड-१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा संचालित ‘तपाईंको मास्क खोई ?’ कार्यक्रम अन्तर्गत पछिल्लो २४ घण्टामा ८ सय ०१ जनालाई निस्शुल्क मास्क वितरण गरिएको छ।



    प्रहरीका अनुसार कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा तोकिएको मापदण्ड उल्लंघन गर्ने ८ सय ११ जनालाई संक्रामक रोग ऐन, २०२० बमोजिम ८१ हजार १ सय रुपैयाँ जरिवाना गरिएको छ । साथै ४ हजार ८ सय ५० जनालाई रोकी सम्झाई बुझाई छाडिएको छ ।



    साथै, देशभर सञ्चालित ९५ वटा माईकिङ, प्लेकार्ड, पर्चापम्प्लेट सहितको सचेतनामूलक कार्यक्रम अन्तर्गत ६ हजार ९ सय ३८ जनालाई सचेत गराइएको छ ।

    निषेधाज्ञा कार्यान्वयनलाई थप प्रभावकारी र सफल बनाउन नेपाल प्रहरीले अन्य सुरक्षा निकाय लगायतका सरोकारवालाहरुसँग आवश्यक समन्वय, सहकार्य गरी अनुगमनलाई समेत तिब्रता दिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार