Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • अमेरिकाद्वारा नेपाललगायत एसियाका देशहरूलाई ७० लाख डोज खोप दिने घोषणा

    अमेरिकाद्वारा नेपाललगायत एसियाका देशहरूलाई ७० लाख डोज खोप दिने घोषणा

    अनलाइन नेपाल
  • बिहिबार, २० जेष्ठ २०७८
  • 2.5K
    SHARES

    काठमाडौं। अमेरिकाले नेपाललाई  कोरोना खोप उपलब्ध गराउने घोषणा गरेको छ ।  राष्ट्रपति विद्यादेवी भण्डारी र नेपाल सरकारको अग्रसरतामा अमेरिकाले नेपाललाई खोप उपलब्ध गराउन लागेको वताइएको छ।

    राष्ट्रपतिका सञ्चारविज्ञ टीका दाहालका अनुसार राष्ट्रपतिको अग्रसरता र नेपाल सरकारको क्रियाशीलताले कोभिड-१९ विरुद्धको खोप प्राप्तिमा आज अर्को सफलता प्राप्त



    भएको छ।



    अमेरिकी दुताबासको फेसबुक पेजमा नेपाल लगायत एसियाका विभिन्न देशहरूले झन्डै ७० लाख डोज कोभिड -१९ भ्याक्सिन प्राप्त गर्ने उल्लेख छ।

    अमेरिकी दुताबासको फेसबुक पेजमा भनिएको छ, ‘हामी विश्वव्यापी रूपमा नै कोभिड -१९ को महामारीसँग लडिरहेको यो समयमा आज अमेरिकी राष्ट्रपती जो बाइडेनले संसारभर अमेरिकाले दिने कोभिड -१९ भ्याक्सिन सहयोगको घोषणा गर्नुभएको छ। कोभ्याक्समार्फत विश्वव्यापी भ्याक्सिन पहुँचका लागि अमेरिकाले गरीरहेको विभिन्न सहयोगसँगै नेपाल लगायत एसियाका विभिन्न देशहरूले झन्डै ७० लाख डोज कोभिड -१९ भ्याक्सिन प्राप्त गर्नेछन्। हामी सवै मिलेर भाइरसलाई पराजित गर्न सफल हुनेछौं भन्ने हामीलाई विश्वास छ।’

     

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार