Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • यस्तो छ आज जेठ २१ गते शुक्रबारको राशिफल

    यस्तो छ आज जेठ २१ गते शुक्रबारको राशिफल

    अनलाइन नेपाल
  • शुक्रबार, २१ जेष्ठ २०७८
  • 1.7K
    SHARES

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) 
    जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । स्वास्थ्यमा समस्या आउनका साथै काम बिग्रन सक्छ, तर साँझमा केही शुभ र नयाँ समाचार पाइन सक्छ ।

    वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) 
    आज सामान हराउने भय रहने र मनमा वैराग्यको भावना पलाउन सक्छ । मनको डरले सताए पनि व्यवहारमा भने फाइदा हुन सक्छ ।



    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) 
    शुभ कार्यको चर्चा चल्नेछ । धार्मिक र सांस्कृतिक सामाजिक कार्यमा सरिक हुने सम्भावना छ, तर स्वास्थ्य सुरक्षा अपनाउनु पर्नेछ ।



    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 
    आज एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । शुभकार्यको चर्चा पनि चल्नेछ ।

    कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) 
    आज विशिष्ट व्यक्तिको साथ र सहयोग मिल्ला । विद्या र बुद्धिको विकास हुनेछ । धनार्जनका नयाँ काम र स्रोतहरू पत्ता लाग्नेछन् ।

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) 
    आज दिन काट्न गारो पर्ला । ताके अनुरूप काम नबन्नाले दिक्क लाग्ला । सरकारी निकायको भय रहला । कर्मक्षेत्र पनि सङ्घर्षशील नै रहनेछ ।

    तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) 
    आज राजनैतिक र सामाजिक प्रतिष्ठा कायम राख्न लगानी गर्ने समय आएको छ । बन्धुबान्धव र दाजुभाइको सहयोग लिन सकिनेछ ।

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) 
    आज सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ । वाणिज्य क्षेत्रबाट विशेष लाभ रहनेछ ।

    धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) 
    आज कुनै कुराले मनमा शान्ति मिल्नेछ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ, तर स्वास्थ्य मापदण्ड भने पूरा गर्नुहोला ।

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आ
    ज लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनसक्छन् । कार्य क्षेत्रमा सफलता मिल्नेछ । आफन्तहरूको सहयोग पाइनेछ ।

    मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) 
    कला र गलाको प्रभाव बढ्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । रोकिएको धन हातपर्न सक्छ ।

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) 
    परोपकार र समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । अधुरो काम पुन: प्रारम्भ हुन सक्छ । – ज्यो.प. नारायणप्रसाद दुलाल

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार