Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • मन्त्रिपरिषद्को विस्तार गर्दै प्रधानमन्त्री, महन्थ पनि बालुवाटार पुगे

    मन्त्रिपरिषद्को विस्तार गर्दै प्रधानमन्त्री, महन्थ पनि बालुवाटार पुगे

    अनलाइन नेपाल
  • शुक्रबार, २१ जेष्ठ २०७८
  • 2K
    SHARES

    फाइल फोटो

    काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद विस्तारको तयारी गरेका छन्।

    प्रधानमन्त्री ओली नेतृत्वको सरकारलाई समर्थन गर्दै आएको जनता समाजावादी पार्टी (जसपा) सरकारमा सहभागी हुने तय भएपछि प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद बिस्तारको तयारी गरेका हुन्।



    यसैबीच (जसपा) अध्यक्ष महन्थ ठाकुर प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगेका छन् । जसपालाई आजै सरकारमा सहभागी गराउने तयारी भइरहेका बेला ठाकुर छलफलका लागि बालुवाटार पुगेका हुन् ।



    यसअघि हिजो बिहिबार राती पनि सरकारमा सहभागी हुने विषयमा अध्यक्ष ठाकुर र प्रधानमन्त्री ओलीबीच छलफल भएको थियो । उक्त छलफलमा पनि यसअघिकै अनुरुप जसपालाई आठ मन्त्रालय दिने सहमति भएको बताइएको छ । स्रोतका अनुसार जसपाले नेता राजेन्द्र महतोको नेतृत्वमा आठ मन्त्री र दुई राज्यमन्त्रीलाई सरकारमा पठाउने तयारी भए पनि मन्त्रालयको टुंगो लाग्न बाँकी छ ।

    जसपाको पार्टीको आधिकारिकता विवाद निर्वाचन आयोगमा पुगेकाले पनि केही ढिला भएको बताइएको छ । केही विषय बाँकी रहेकाले नयाँ मन्त्रीहरूको सपथग्रहण आजै हुने सम्भावना कम रहेको बालुवाटार स्रोतले जनाएको छ ।

    मन्त्रीहरुको आकांक्षीमा राजेन्द्र महतोसहित शरतसिंह भण्डारी, अनिलकुमार झा, राजकिशोर यादव, लक्ष्मणलाल कर्ण, सर्वेन्द्रनाथ शुक्ला, चन्दा चौधरी, प्रमोद साह, अकवाल अहमद, अकवाल मियाँ, अमृत अग्रहरी, वृषेशचन्द्र लाल, राजकुमार चौधरी, डा.सुरेन्द्र झा, उमाकान्त झालगायतका रहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार