Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • जनमोर्चाका कृष्ण थापाद्वारा पार्टीको कारवाहीविरुद्द सर्वोच्चमा रिट दायर

    जनमोर्चाका कृष्ण थापाद्वारा पार्टीको कारवाहीविरुद्द सर्वोच्चमा रिट दायर

    अनलाइन नेपाल
  • शुक्रबार, २१ जेष्ठ २०७८
  • 2.4K
    SHARES

    काठमाडौँ । गण्डकी प्रदेश राष्ट्रिय जनमोर्चाका कृष्ण थापाले पार्टीले असंवैधानिक तरिकाले कारवाही गरेको भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।

    आफूलाई प्रक्रिया नपुर्‍याई सांसदबाट हटाएको विरोध गर्दै उनले आफ्नो सांसद पद कायम राख्न माग गर्दै शुक्रबार सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् ।



    उनलाई बिहीबार जनमोर्चाले गण्डकी प्रदेश सभा सदस्यबाट हटाएको थियो ।



    उनले आफूले पार्टी नछोडेको र ह्वीप पनि उल्लंघन नगरेको भन्दै विना आधार पार्टीले कारबाही गरेको भनी सांसद पद कायम राख्न माग गर्दै रिट दिएका हुन् । उक्त रिट सर्वोच्च अदालतमा दर्ता भएको छ ।

    सर्वोच्चका सञ्चार विज्ञ किशोर पौडेलका अनुसार यस रिटमा आइतबारका लागि पेशी तोकिएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार