Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • थप १०१ जनाको मृत्यु, मृतकको संख्या ७,७३१ पुग्यो

    थप १०१ जनाको मृत्यु, मृतकको संख्या ७,७३१ पुग्यो

    अनलाइन नेपाल
  • शुक्रबार, २१ जेष्ठ २०७८
  • 1.8K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर कोरोना भाइरसबाट संक्रमणमुक्त हुनेको संख्या ८६६३ पुगेको छ ।

    यस्तै, पछिल्लो २४ घण्टामा नेपालमा ६,६५३ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । १४ हजार ६८२  जनाको परीक्षण गर्दा पीसीआर विधिबाट र एन्टीजेनबाट ६३३१ जनाको परिक्षण गर्दा क्रमश ४६२४, २०२९  जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कूल संक्रमितको संख्या ५ लाख ८१ हजार ५६० पुगेको छ ।



    यसैगरी, पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण १०१ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यो सँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ७,७३१ पुगेको छ।



    यसअघि हिजो ६८२५ जनामा संक्रमण पुष्टि हुँदा  ५०९०४ जना डिस्चार्ज भएका थिए

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार