Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • निषेधाज्ञामा सरकारी गाडीमा डेटिङ जाने निर्देशकलाई कारवाही गर्न गृहको निर्देशन

    निषेधाज्ञामा सरकारी गाडीमा डेटिङ जाने निर्देशकलाई कारवाही गर्न गृहको निर्देशन

    अनलाइन नेपाल
  • शुक्रबार, २१ जेष्ठ २०७८
  • 11.3K
    SHARES

    काठमाडौँ । निषेधाज्ञाको समयमा काठमाडौंको स्वयम्भु डाँडामा सरकारी गाडी लिएर युवतीसँग डेटिङमा जाने नयाँ शहर आयोजना समन्वय कार्यालयका निर्देशकलाई कारवाहीका लागि गृह मन्त्रालयले निर्देशन दिएको छ।

    मन्त्रालयले निशेषाज्ञा आदेश जारी गर्ने निकाय जिल्ला प्रशासन कार्यालय, काठमाडौँलाई कारबाहीका लागि पत्र पठाएको हो ।



    आइतबार निषेधाज्ञाको समयमा काठमाडौंको स्वयम्भु डाँडामा सरकारी गाडी लिएर युवतीसँग डेटिङमा लिप्त’ तस्बिर र भिडियो सार्वजनिक भएको काण्डमा सरकारी आयोजनाकै प्रमुख रोशन श्रेष्ठ मुछिएका थिए।



    कोरोना महामारीका कारण राजधानीलगायत देशका अधिकांश जिल्लामा निषेधाज्ञा जारी रहेको बेला प्रदेश नं. ३–०१– ००२ झ ४९२२ नम्बरको सरकारी गाडी लिएर एक जोडी अंकमाल गरेका तस्बिर र भिडियो सामाजिक सन्जालमा सार्वजनिक भएको थियो ।विभाग स्रोतका अनुसार ती युवती कार्यालयकै करारमा कार्यरत इन्जिनियर हुन् ।
    सरकारी गाडीमा पुगेका ती जोडीले अनैतिक गतिविधि देखाउन थालेपछि स्थानीयले पत्रकारलाई खबर गरेका थिए ।

    स्थानीयको खबरपछि पत्रकार छायाचन्द्र भण्डारी घटनास्थलमै पुग्दा उक्त जोडी डाँडामा एक कुनामा मोजमस्तीमा लिप्त देखेपछि उनले तस्बिर तथा भिडियो कैद गरेर सामाजिक सन्जालमा हालेका थिए।

    सरकारी कर्मचारी, त्यसैमाथि पनि कार्यालय प्रमुखबाटै अमर्यादित क्रियाकलाप सार्वजनिक भए लगत्तै गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता जनकराज दाहालले कानुन उल्लङ्घन गर्ने जोकोहीलाई कारबाही हुने जनाएका थिए ।

    प्रमुख जिल्ला अधिकारी काली प्रसाद पराजुलीले गृहबाट पत्र प्राप्त भएको र आजै कार्यालयलाई के कसो भएको हो भनी पत्र पठाउने प्रशासनलाई बताए ।

    ‘गृहबाट पत्र आएको छ’, पराजुलीले भने, ‘पहिला सम्बन्धित कार्यालयबाट जवाफ माग गर्दै आज पत्र पठाउँछौँ, त्यसपछि कारबाही प्रक्रिया अगाडी बढ्छ’

    सिङ्गो कर्मचारीतन्त्रलाई नै बदनामित गराउने गरी घटना सार्वजनिक भएको करिब साता दिन भइसक्दासमेत मन्त्रालय र विभाग भने त्यस्ता कर्मचारीलाई कारबाही गर्ने भन्दा थाहा नै नभए झैँ गरी घटनालाई गुपचुपमै सीमित गरेको भन्दै पराजुलीलाई कारवाही गर्न माग गरिएको हो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार