Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • न्यूरोडबाट १३ लाख नगदसहित १५ जुवाडे पक्राउ , भाग्ने क्रममा एक जुवाडेको खुट्टा भाँचियो

    न्यूरोडबाट १३ लाख नगदसहित १५ जुवाडे पक्राउ , भाग्ने क्रममा एक जुवाडेको खुट्टा भाँचियो

    अनलाइन नेपाल
  • शुक्रबार, २१ जेष्ठ २०७८
  • 7K
    SHARES

    काठमाडौं । निषेधाज्ञालाई अवज्ञा गरी न्यूरोड जुवा खेलिरहेका १५ जुवाडे प्रहरीको फन्दामा परेका छन्। महानगरिय प्रहरी परिसर काठमाडौंले आज दिउसो काठमाडौं

    जिल्ला काठमाडौं महानगरपालिका वडा नं.२२ पाको न्युरोड स्थित पुर्ण लाल महर्जनको घरको छैठौं तलामा अजय श्रेष्ठले भाडामा लिएको कोठामा पैसाको बाजी लगाई हारजित हुने गरी जुवा खेलि खेलाई रहेको विशेष सुचनाको आधारमा छापा मारेको थियो।  महानगरीय प्रहरी परिसर काठमाडौं र वृत्त जनसेवाको संयुक्त प्रहरी टोलीले



    जुवाखालबाट तेह्र लाख त्रिचालिस हजार रुपैया, कौडा थान -३२ र तास-५ बुक समेत बरामद गरी उनीहरुलाई महानगरीय प्रहरी वृत्त जनसेवाको हिरासतमा राखेको छ ।



    पक्राउ पर्नेहरुमा क्रमश: . मनहरा कागेश्वरी नपा.वडा नं.८ बस्ने वर्ष ४९ को विनोद कार्की , काभ्रे दाप्चा नपा वडा नं.९ घर भई हाल बौद्ध बस्ने वर्ष ३३ को अजय लामा
    , तार्केश्वर  बस्ने वर्ष ४३ को मुरारी भण्डारी,  रामेछाप सुनाकोठी  घर भई हाल जिल्ला भक्तपुर कौशलटार बस्ने वर्ष २५ को विशाल चौलागाईं, मकवानपुर घर भई हाल

    काठमाडौं कलंकी बस्ने वर्ष २९ को राजु मोक्तान,  बुढानिलकण्ठ  बस्ने वर्ष ४० को छिरिङ लामा ,  का.म.न.पा.वडा नं.२२ बस्ने वर्ष ५७ संजिव श्रेष्ठ, कीर्तिपुर चोभार बस्ने वर्ष ३५ को सुमन कार्की, धादिङ घर भई हाल काठमाडौं सतुङगल बस्ने वर्ष ३० को भरत ईटानी,  रामेछाप  घर भई हाल काठमाडौं गोठाटार बस्ने वर्ष ४२ को कल्याण कार्की,

    गोर्खा घर भई हाल काठमाडौं सितापाईला बस्ने वर्ष ३३ को कुमार लामिछाने , ललितपुर  बस्ने वर्ष ४८ को नरेन्द्र महर्जन ,  सप्तरी  घर भई हाल काठमाडौं टेकु बस्ने वर्ष ४० को सुमन खड्का , का.म.न.पा. वडा नं.१८ बस्ने वर्ष ६४ को पञ्च नारायण महर्जन , र  जिल्ला काठमाडौं बाफल बस्ने वर्ष ४५ को ज्ञान भक्त बलामी रहेका छन् ।

    बलामीको भाग्ने क्रममा दाहिने खुट्टा भाँचिएको र उनलाई  त्रि.वि अस्पताल महाराजगंजमा  लगेर उपचार भइरहेको प्रहरीले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार