Online Nepal
  • मंगलबार, ४ बैशाख २०८१
  • ओलीका लागि पोखरेलभन्दा महतो प्यारो, जसपाले कुन–कुन पायो मन्त्रालय ? (नामावलीसहित)

    ओलीका लागि पोखरेलभन्दा महतो प्यारो, जसपाले कुन–कुन पायो मन्त्रालय ? (नामावलीसहित)

    अनलाइन नेपाल
  • शुक्रबार, २१ जेष्ठ २०७८
  • 1.9K
    SHARES

    काठमाडौं । चौतर्फी विवादकाबीच प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो विश्वासपात्र भनिएकाहरुलाई मन्त्रीबाट हटाएर सत्ता जोगाउनकै लाथि जनता समाजवादी पार्टी (जसपा)लाई सरकारमा भित्र्याएका छन् ।

    एकातिर कामचलाउ सरकारले मन्त्रीमण्डल विस्तार गर्न नहुने भन्दै विरोध भइरहेको छ भने अर्कोतिर जसपा आफै फुटको संघारमा छ । यस्तो बेला प्रधानमन्त्री ओलीले उपप्रधानमन्त्री ईश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली र बनमन्त्री प्रेम आलेलाई हटाएर जसपालाई दिएका हुन् ।



    ओलीले अर्थमन्त्री रहेका विष्णु पौडेललाई उपप्रधानमन्त्री बनाएका छन् भने ईश्वर पोखरेललाई हटाएर जसपाका नेता राजेन्द्र महतोलाई उपप्रधानमन्त्री बनाएका छन् । महतो उपप्रधानमन्त्री तथा सहरी विकास, शरद सिंह भण्डारी, ऊर्जा तथा जलस्रोत, अनिल झा, खानेपानी तथा सरसफाई, लक्ष्मणलाल कर्ण, भूमि व्यवस्था तथा सहकारी, बिमल श्रीवास्तव, श्रम तथा रोजगार, उमाशंकर अरगरिया, वन तथा वातावरण चन्दा चौधरी, महिला तथा बालबालिका, एकवाल मियाँ, युवा तथा खेलकूद, चन्द्रकान्त चौधरी, ऊर्जा राज्यमन्त्री, रेणुका गुरुङ महिला बालबालिका राज्यमन्त्रीमा अहिले ८ बजे सपथ लिदै छन्।



    ओलीले ०७४ सालदेखि नै मन्त्री भएकाहरुलाई हटाएका छन् भने पछि मन्त्री बनेकाहरुलाई राखेका छन् । अब एमालेका तर्फबाट विष्णु पौडेल, कृष्णगोपाल श्रेष्ठ, लीलानाथ श्रेष्ठ र बसन्तकुमार नेम्वाङ मात्रै बाँकी रहन्छन्, अरु सबै बाहिरिन्छन् ।

    बाहिरिने एमालेका मन्त्रीहरुमा ईश्वर पोखरेल, प्रदीप ज्ञवाली, हृदयेश त्रिपाठी, पदमा अर्याल, शिवमाया तुम्बाहाम्फे, पार्वत गुरुङलगायत पर्नेछन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार