Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • नवनियुक्त मन्त्रीहरूद्वारा राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको शपथ

    नवनियुक्त मन्त्रीहरूद्वारा राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको शपथ

    अनलाइन नेपाल
  • शुक्रबार, २१ जेष्ठ २०७८
  • 2K
    SHARES

    काठमाडौं । चौतर्फी विवादकाबीच प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । पुनर्गठित मन्त्रिपरिषदमा ३ जना उपप्रधानमन्त्री सहित १२ मन्त्री र २ जना राज्यमन्त्री रहेका छन् । प्रधानमन्त्री ओलीले जनता समाजवादी पार्टी (जसपा) लाई उपप्रधानसहितको मन्त्री पद दिएका छन् । यद्यपी रक्षा, गृह,सञ्चार, पर्यटन, कृषि, उद्योग वाणिज्य र सामान्य प्रशासन भने प्रधानमन्त्री ओलीले नै राखेका छन् ।

    ओली नेतृत्वको सरकारमा भित्रिएका मन्त्रीहरूले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् ।



    राष्ट्रपति निवासमा आयोजित एक समारोहका बीच ओली नेतृत्वको सरकारमा सहभागी तीन उपप्रधानसहित १० मन्त्रीहरूलाई राष्ट्रपति विद्यादेवी भण्डरीबाट शपथ ग्रहण गराएकी हुन् ।



    प्रधानमन्त्री ओलीले यसअघि मन्त्रिपरिषद्मा रहेका चार मन्त्रीबाहेक सबैलाई हटाउँदै १७ सदस्यीय मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । प्रधानमन्त्री ओली सातवटा मन्त्रालय भने आफूमातहत राखेरका छन् । पुनर्गठित मन्त्रिपरिषद्‍मा जनता समाजवादी पार्टी ९जसपा० नेता राजेन्द्र महतोको नेतृत्वमा १० जना समावेश छन् । जसपालाई ओलीले ८ मन्त्री र २ राज्यमन्त्री दिएका छन् ।

    यस्तो छ मन्त्रिपरिषद्को कार्यविभाजन :

    विष्णु पौडेल :  उपप्रधानमन्त्री, अर्थ
    राजेन्द्र महतो : उपप्रधानमन्त्री, शहरी विकास
    रघुवीर महासेठ : उपप्रधानमन्त्री, परराष्ट्र
    शेरबहादुर तामाङ  : स्वास्थ्यमन्त्री
    कृष्णगोपाल श्रेष्ठ : मन्त्री, शिक्षा
    बसन्तकुमार नेम्वाङ : मन्त्री, भौतिक पूर्वाधार तथा यातायात
    लीलानाथ श्रेष्ठ : मन्त्री, कानून न्याय तथा संसदीय मामिला
    शरतसिंह भण्डारी : मन्त्री, ऊर्जा
    अनिल झा : मन्त्री, खानेपानी तथा सरसफाई
    विमल श्रीवास्तव : श्रम तथा रोजगार
    उमाशंकर अरगरिया : मन्त्री, वन तथा वातावरण
    लक्ष्मणलाल कर्ण : मन्त्री, भूमि व्यवस्था
    चन्दा चौधरी : मन्त्री, महिला,बालबालिका तथा ज्येष्ठ नागरिक
    एकवाल मियाँ : मन्त्री, युवा तथा खेलकुद
    चन्द्रकान्त चौधरी : राज्यमन्त्री, ऊर्जा
    रेणुका गुरुङ : राज्यमन्त्री, महिला,बालबालिका तथा ज्येष्ठ नागरिक

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार