Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • प्रि मनसुन थप सक्रिय हुँदै

    प्रि मनसुन थप सक्रिय हुँदै

    अनलाइन नेपाल
  • शनिबार, २२ जेष्ठ २०७८
  • 2.2K
    SHARES

    काठमाडौँ । देशभरको मौसममा आंशिकदेखि सामान्य बद्ली भएको छ ।

    पश्चिमी र स्थानीय वायुको प्रभावका कारण आज दिनभरजसो नै मौसम बद्ली रहने र देशका पहाडी क्षेत्रमा हल्का पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।



    आज राति पहाडी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बद्ली रहनेछ भने प्रदेश १ का केही ठाउँमा मेघगर्जनसहित हल्का पानी पर्ने सम्भावना छ । आइतबार पनि मौसम आंशिकदेखि सामान्य बद्ली भइ फाट्टफुट्ट पानी पर्ने सम्भावना छ ।



    सोमबारदेखि भने प्रि मनसुन थप सक्रिय हुने र देशका धेरै ठाउँहरुमा पानी पर्ने सम्भावना छ । मनसुन सुरु हुने समय नजिकिएकाले मौसमी गतिविधि पनि थप सक्रिय हुँदै जाने महाशाखाले जनाएको छ । नेपालमा जुन १० देखि मनसुन सक्रिय हुने गर्छ । यसपालिको मनसुनमा औसतभन्दा धेरै पानी पर्ने महाशाखाले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार