Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • बस्नेतलाई मन्त्री बनाउने विषयमा राष्ट्रपति र प्रधानमन्त्रीबीच मतभेद : ज्ञवाली, अधिकारी र रानाको सम्भावना

    बस्नेतलाई मन्त्री बनाउने विषयमा राष्ट्रपति र प्रधानमन्त्रीबीच मतभेद : ज्ञवाली, अधिकारी र रानाको सम्भावना

    अनलाइन नेपाल
  • शनिबार, २२ जेष्ठ २०७८
  • 5.5K
    SHARES

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले १७औं पटक भोली पनि केही मन्त्री थप्ने तयारी गरेका छन् । २०७४ फागुन ३ गते माओवादी केन्द्रको समर्थनमा प्रधानमन्त्री बनेका ओलीले पछिल्लोपटक अल्पमतको कामचलाउ हुँदा हिजोसम्म गरी १६ पटक मन्त्रिपरिषद् हेरफेर गरिसकेका छन् । हिजोमात्रै प्रधानमन्त्री ओलीले फुटको संघारमा पुगेको जनता समाजवादी पार्टी (जसपा) का १० जना र एमालेका २ जनालाई मन्त्री बनउँदा १३ जना मन्त्रीलाई विदाइ गरेका थिए ।

    सरकार अस्थिर हुँदा विकास र समृद्धि आउन नसकेको भन्दै स्थिर सरकार भए कायापलट ल्याइदिने बताएका आली आफैले आफूबाहेक अरू कुनै पनि मन्त्रालयलाई स्थिर हुन दिएनन् । ओली नेतृत्वको सरकारले कार्यकालको चार वर्ष गुजार्दा ५९ जना मन्त्री फेरिइसकेका छन् ।



    ओलीले भोली फेरि मन्त्रिपरिषद विस्तारको गृहकार्य गरेको स्रोतको दावी छ । आफूसँग थप सात मन्त्रालय राखेका ओलीले आइतबार साँझसम्म केही मन्त्रीलाई शपथ गराउने तयारी गरेका हुन् । अफूसँग रहेको मौजुदा मन्त्रालयमा नेकपा (एमाले) बाटै मन्त्री बनाउने गृहकार्यमा प्रधानमन्त्री लागेका हुन् ।



    ओलील्े आफूसँग विच्किएका नेता माधवकुमार नेपाल पक्षका नेताहरुलाई पनि मन्त्री दिएर फकाउने प्रयास गरेको बुझिएको छ । यद्यपी अहिलेसम्म नेपाल पक्षसँगको संवादले सार्थकता पाउन सकेको छैन ।

    प्रधानमन्त्री ओलीले भोली आफ्नो विश्वासपात्र मानिएका महेश बस्नेतलाई समेत मन्त्री बनाउने तयारी गरेका छन् भने हिजो मात्रै राजिनामा गराएका प्रदिप ज्ञवालीलाई पनि दोहोर्याउने सोच बनाएको बुझिएको छ । त्यसैगरी खगराज अधिकारी र नारदमुनी रानाको नाम पनि आएको छ ।

    ओलीका ‘राइट ह्याण्ड’ मानिएका बस्नेतलाई गृह वा त्यो संभव नभए सरकारको प्रवत्तासहित सञ्चार तथा सूचना प्रविधि मन्त्रालय दिने ओलीको तयारी छ । यद्यपी राष्ट्रपति भण्डारी भने बस्नेतलाई मन्त्री बन्न नदिने खेलमा रहेको बुझिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारी र नेता बस्नेतको विगतदेखि नै सम्बन्ध राम्रो नभएको एमालेकै नेताहरु बताउँछन् । त्यसो त ओली पक्षकै नेताहरुले पनि बस्नेतलाई गृहको जिम्मा दिन नहुने तर्क प्रधानमन्त्रीसमक्ष गरिसकेका छन् ।

    एकातिर राष्ट्रपतिले अस्वीकार गरेको र अर्कोतिर ज्ञवालीलाई नै दोहोर्याएको खण्डमा गृह मन्त्रालयको जिम्मेवारी ज्ञवालीले नै पाउने सम्भावना देखिएको बालुवाटार स्रोतको दावी छ ।

    त्यस्तै, मन्त्रिपरिषदमा महिला मन्त्रीको संख्या कम भएको गुनासो चौतर्फी आइरहेको बेला प्रधानमन्त्री ओलीले सुजिता शाक्य र विमला पौडेललाई पनि मन्त्री बनाउने चर्चा छ ।

    अहिले प्रधानमन्त्री ओलीसँग उद्योग, वाणिज्य तथा आपूर्ति, कृषि तथा पशुपन्छी विकास, रक्षा, गृह, वन तथा वातावरण, संघीय मामिला तथा सामान्य प्रशासन र सञ्चार तथा सूचना प्रविधि मन्त्रालय छन् ।

    २०७४ २०७४ फागुन ३ गते माओवादी केन्द्रको समर्थनमा प्रधानमन्त्री बनेका ओलीले २०७४ फागुन १४, २०७४ चैत २, २०७५ जेठ १८, २०७५ साउन १८, २०७६ साउन १५, २०७६ मंसिर ४, २०७६ फागुन ५, २०७६ फागुन ८, २०७६ फागुन २१, २०७७ असोज २८, २०७७ पुस १०, २०७७ चैत २७, २०७८ वैशाख ५, २०७८ वैशाख ३१ र २०७८ जेठ २१ गते गरी १६ पटक मन्त्रीपरिषद् विस्तार गरिसकेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार