Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • राष्ट्र टुक्य्राउन खोज्ने र संविधान जलाउने हाम्रा उपप्रधानमन्त्री

    राष्ट्र टुक्य्राउन खोज्ने र संविधान जलाउने हाम्रा उपप्रधानमन्त्री

    अनलाइन नेपाल
  • शनिबार, २२ जेष्ठ २०७८
  • 3.5K
    SHARES

    ‘राष्ट्र टुक्य्राउन खोज्ने र संविधान जलाउने हाम्रा उपप्रधानमन्त्री’ भन्ने शिर्षक सुन्दा आम पाठक अचम्मित पर्न सक्नु होला । तर, अचम्मित नपर्नुस्, हाम्रो देश नेपालका वर्तमान उपप्रधानमन्त्री संविधान जलाउने र रष्ट्र टुक्य्राउन खोज्ने नै छ । प्रधानमन्त्री केपी शर्मा ओलीले २०७८ साल जेठ २१ गते शुक्रबार आफ्नो ४ वर्षे कार्यकालमा १६औं पटक मन्त्रीमण्डल पुनर्गठन गर्दै संविधान जलाउने जनता समाजवादी पार्टी(जसपा) का नेता राजेन्द्र महतोलाई उपप्रधानमन्त्री बनाए । संविधान नै जलाएको देख्दादेख्दै ओलीले त्यसप्रति अनभिज्ञता प्रकट गर्दै आफ्ना सत्ता जोगाउन महतोलाई उपप्रधानसहित अन्य ९ जना जसपाका नेतालाई मन्त्री पद सुम्पिए ।

    यसर संविधान जलाएर पनि उपप्रधानमन्त्री बन्ने सौभाग्य पाएका महतोले सपथग्रहण लगतै फेरि पनि देश टुक्य्राउने आन्दोलनको नेतृत्व गरिरहेको छु भन्दै देशमाथि नै धावा बोले । र, पनि प्रधानमन्त्री ओली अझै चुप नै छन् । उपप्रधानमन्त्री महतोले नेपाललाई बहुराष्ट्र र बहुराज्य बनाउने मुक्ति आन्दोलन आफूले अहिले पनि सञ्चालन गरिरहेको भन्दै सपथग्रहण लगत्तै एक अनलाईनलाई अन्तर्वार्ता दिएका थिए । उनले अन्तर्वार्तामा भनेका छन्–‘यो देशमा अधिकार र पहिचानको एजेन्डालाई अगाडि बढाउने जनता समाजवादी पार्टीको मुख्य लक्ष्य हो । यस्तै सुशासन र समृद्धिलाई अगाडि बढाउने हो । बहुल राष्ट्रिय राज्यका रुपमा नेपाललाई स्थापित गराउने हो । नेपाल एकल राष्ट्रिय राज्य होइन, बहुल राष्ट्रिय राज्य हो । पार्टीको मूल लक्ष्य यो रहेको छ । हाम्रा सामु दुईवटा कार्यभार छन् । एजेण्डालाई सम्बोधन गर्ने एउटा कार्यभार छ भने भविष्यको कार्यभार भनेको यो देशलाई बहुल राष्ट्रिय राज्यका रुपमा लैजानलाई राष्ट्रिय मुक्ति आन्दोलनको तयारी गर्नु हो ।



    तर, संबिधानको धारा ३ मा ‘राष्ट्रः बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त, भौगोलिक विविधतामा रहेका समान आकांक्षा र नेपालको राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय हित तथा समृद्धिप्रति आस्थावान रही एकताको सूत्रमा आबद्ध सबै नेपाली जनता समष्टिमा राष्ट्र हो ।’ भनिएको छ भने धारा ४ मा नेपाल राज्यः नेपाल स्वतन्त्र, अविभाज्य, सार्वभौमसत्तासम्पन्न, धर्मनिरपेक्ष, समावेशी, लोकतन्त्रात्मक, समाजवाद उन्मुख, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य हो ।’ जसको अर्थ नेपालमा एउटा मात्र राष्ट्र छ र एउटा मात्र राज्य छ ।



    यसरी उपप्रधानमन्त्रीले नै राष्ट्र टुक्य्राउने अभिव्यक्ति दिंदा फेरि पनि द्वन्द्व निम्तिन सक्ने खतरा पैदा भएको छ । हुनत महतो तिनै व्यक्ति हुन्, जसले नेपालको संविधान नै नमान्ने भन्दै जलाएका थिए । महतो तत्कालिन सदभावना पार्टीका केन्द्रीय अध्यक्ष हुँदा मधेसीहरुले विगतमा पाएको हक अधिकार पनि संविधानले खोसेको भन्दै बीरगञ्जको नारायणी उपक्षेत्रीय अस्पताल पुगेर संविधानको प्रति जलाएका थिए । संविधान नै जलाएका व्यक्तिलाई केपी शर्मा ओलीले उपप्रधानमन्त्री पद दिएर देशलाई कुन दिशातर्फ लान खोजेका हुन् ? आँकलन गर्न गाह्रो छ ।

    यसबारे प्रतिक्रिया दिंदै एमालेबाट निष्कासनमा परेका नेता माधवकुमार नेपालले भनेका छन्–‘भारतको नांगो दलालका रूपमा देखा परेका तत्वहरू आज सरकारमा हालीमुहाली भएर जिम्मेवारी सम्हालेर बसेका छन् । राजेन्द्र महतोको अभिव्यक्ति सुन्नु भयो होला ‘बहुराष्ट्रवाद, बहुराष्ट्रियता’ नेपाल अब जातिजातिको देशको रूपमा टुक्राटुक्रा पार्ने योजना हो, जातीय द्वन्द्व चर्काउने योजना हो । प्रतिक्रियावादीहरूले विचारलाई जात र धर्मले प्रतिस्थापन गर्न खोजिरहेका छन् ।’

    त्यस्तै एमालेकै अर्का नेता बामदेव गौतमले पनि नेपाल सरकारका उपप्रधानमन्त्री एवं जसपाका नेता राजेन्द्र महत्तोले संविधानको मर्म विपरित कार्य गर्नेछैन भनि सपथ ग्रहण गरेको आधा घण्टा नबित्दै नेपाललाई बहुराष्ट्र र बहुराज्य बनाउने मुक्ति आन्दोलन आफूले अहिले पनि संचालन गरिरहेको अन्तरवार्ता सुन्दा म अत्यन्त दुखी भएको छु । नेपालको संविधानको धारा ३ मा स्पष्ट लेखिएको छ, नेपाल अनेकौं विशेषता सहितको राष्ट्र हो । त्यस्तै संविधानको धारा ४ मा स्पष्ट भनिएको छ अनेकौं विशेषता सहित नेपाल राज्य हो । यसको अर्थ हो, नेपालमा एउटा मात्र राष्ट्र छ र एउटा मात्र राज्य छ त्यो नेपाल हो । राजेन्द्र महतोले अहिले पनि संचालन गरिरहेको त्यो कथित आन्दोलन नेपाललाई विखण्डन गर्ने भन्दा अर्को हुन सक्दैन । नेपाललाई बिघटन गर्ने आन्दोलनलाई कुनै पनी देशभक्त नेपालीका निम्ति स्वीकार्य हुन सक्दैन । राजेन्द्र जीको त्यो मागलाई अस्विकार र विरोध मात्र गर्न सकिन्छ । प्रधानमन्त्री श्री के।पी।ओलीले राजेन्द्र महतोले संचालन गरिरहेको मुक्ति आन्दोलनका सम्बन्धमा अनभिज्ञता प्रकट गरेको सुन्दा आश्चार्य चकित भएको छु ।’

    त्यसैगरी एमालेकै नेता योगेश भट्टराईले पनि फेसबुकमा लेखेका छन्–‘पहिलो र दोश्रो संबिधानसभा मै असान्दर्भिक भैइसकेको बहु राष्ट्रिय राज्यको बहस आज नियुक्त भएका उपप्रधानमन्त्री पुन उठाएछन । संकेत राम्रो छैन । देशलाई फेरी द्वन्द्व तिर फर्काउने यस्ता अभिब्यक्तिमाथि लगाम लगाउनुहोला प्रधानमन्त्रीज्यु ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार