Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • असोजसम्म विवरण बुझाउने प्राइभेट फर्म तथा कम्पनीलाई ९० प्रतिशत छुट

    असोजसम्म विवरण बुझाउने प्राइभेट फर्म तथा कम्पनीलाई ९० प्रतिशत छुट

    अनलाइन नेपाल
  • शनिबार, २२ जेष्ठ २०७८
  • 3.7K
    SHARES

    काठमाडौं । वार्षिक विवरण नबुझाएका तथा नवीकरण नगरेका फर्म तथा कम्पनीले कम्पनी रजिष्ट्रारको कार्यालयमा २०७८ असोज मसान्तभित्र विवरण बुझाएमा जरिवानामा ९० प्रतिशत शुल्क मिन्हा हुने भएको छ ।

    जारी गरेको आर्थिक अध्यादेश,२०७८ अनुसार प्राइभेट फर्म रजिष्ट्रेशन ऐन, २०१४ तथा कम्पनी ऐन, २०६३ बमोजिम दर्ता भएका आर्थिक वर्ष २०७५/७६ सम्मको वार्षिक विवरण नबुझाएका तथा नवीकरण नगरेका फर्म तथा कम्पनीले यसै बर्षको असोजमसान्तसम्म बुझाएमा ९० प्रतिशत शुल्क कम्पनी रजिष्ट्रार कार्यालयले मिन्हा गर्ने भएको हो ।



    हालसम्म कम्पनी रजिष्ट्रार कार्यालयमा २ लाख ५० हजार भन्दा बढी कम्पनी दर्ता भएपनि कतिपय कम्पनीहरु निष्क्रिय छन् । जरिवानामा परेका कम्पनीहरु कति छन् भन्ने एकिन तथ्याकं नभएपनि अब छुटको व्यवस्था गरिएकाले सबैले कम्पनी नविकरण गर्ने कम्पनी रजिष्ट्रार कार्यालयको आँकलन छ ।



    कम्पनीले बार्षिक रुपमा आफूले गरेका साधारण सभाका टिपोटहरु र कम्पनी ऐन बमोजिम बुझाउनु पर्ने विभिन्न दफा अनुसारको विवरणहरु बार्षिक रुपमा नबुझाएको खण्डमा जरिवाना लाग्ने व्यवस्था छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार