Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • १२५ पुग्यो पेट्रोलको मूल्य, डिजेल र मट्टितलेको पनि बढ्यो

    १२५ पुग्यो पेट्रोलको मूल्य, डिजेल र मट्टितलेको पनि बढ्यो

    अनलाइन नेपाल
  • शनिबार, २२ जेष्ठ २०७८
  • 2.2K
    SHARES

    काठमाडौं । नेपाल आयल निगमले आज फेरि पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेको छ।

    एक महिनादेखिको निषेधाज्ञाले थिलथिलो बनेका आम सर्वसाधरणलाई फेरि मूल्यबृद्धिले सताएको छ । निगमले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजल, मट्टितेल र हवाई इन्धनमा मूल्यवृद्धि गरेको हो।



    हालको मूल्यमा ती सबैमा दुई रुपैयाँ वृद्धि गरिएको छ । अब पेट्रोल १२५, डिजल १०८ र मट्टितेल र प्रतिलिटर ८० रूपैयाँ कायम भएको छ।



    पहिले पेट्रोल १२३, डिजल १०६ र मट्टितेल र ७८ रूपैयाँ थियो। यद्यपि, एलपी ग्यासमा भने मूल्यवृद्धि गरिएको छैन।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार