Online Nepal
  • मंगलबार, ११ बैशाख २०८१
  • राउटे युवतीलाई रक्सी सेवन गराइ अश्लिल भिडियो बनाउने तीन जना पक्राउ

    राउटे युवतीलाई रक्सी सेवन गराइ अश्लिल भिडियो बनाउने तीन जना पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, २३ जेष्ठ २०७८
  • 8.9K
    SHARES

    सांकेतिक तस्विर

    सुर्खेत । सुर्खेतमा राउटे समुदायका युवतीहरुलाई होटलमा बोलाएर उनीहरुलाई रक्सी सेवन गराइ अश्लिल भिडियो बनाउने होटल सञ्चालकसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा गुर्भाकोट नगरपालिकाका २४ वर्षका भूपेन्द्र बुढा, ३५ वर्षीय दोमनबहादुर घर्ती तथा २९ वर्षीय विनोद पुन रहेका छन् ।



    पक्राउ परेका मध्ये पुन होटल सञ्चालक हुन्। उनीसहित युवाहरुले राउटे युवतीहरूलाई होटलमा बोलाएर उनीहरुको अश्लिल भिडिओ बनाउने गरेको पाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।



    राउटे युवतीहरुको भिडिओ सामाजिक सञ्जालमार्फत सार्वजनिक भएपछि सो घट्नाबारे प्रहरीलाई थाहा भएको हो । पक्राउ परेकाहरुहमाथि कानुनी कारबाही थालिएको प्रहरीले जनाएको छ ।

    गुर्भाकोट नगरपालिका ११ आँपसोतीस्थित भेरी नदीको किनारामा राउटे समुदायको बसोबास रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार