Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • ‘फाइभ जी’विरुद्ध लागेको भन्दै बलिउड अभिनेत्री जुहीलाई २० लाख जरिवाना

    ‘फाइभ जी’विरुद्ध लागेको भन्दै बलिउड अभिनेत्री जुहीलाई २० लाख जरिवाना

    अनलाइन नेपाल
  • आइतबार, २३ जेष्ठ २०७८
  • 2K
    SHARES

    एजेन्सी। बलिउड अभिनेत्री जुही चावलालाई दिल्ली उच्च अदालतले २० लाख जरिवानाको फैसला सुनाएको छ।

    अभिनेत्री जुहीले पब्लिसिटी पाउन र अदालतको समय दुरुपयोग गरेको भन्दै उच्च अदालत दिल्लीले उक्त फैसला सुनाएको हो।



    केही दिनअघि अभिनेत्री जुहीले ‘फाइभ जी’विरुद्ध अदालतमा एक रिट दायर गरेकी थिइन् । जसमा उनले ‘फाइभ जी’ को रेडिएशनको प्रभाव नागरिक, जनावर, वनस्पति लगायतमा पर्ने सम्बन्धि मुद्दा उठाएकी थिइन्। सोही मुद्दाको विपक्षमा फैसला गर्दै अदालतले २० लाख जरिवाना सुनाएको हो।



    कोटले जुहीको रिट खारेज गर्दै भनिएको छ, ‘रिटकर्ताले कानुनी प्रक्रियाको गलत प्रयोग गरेको छ। यस्तो लाग्छ यो प्रचार पाउन गरिएको हो।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार