Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • भारतबाट अण्डरवेयरमा हुण्डीको रकम ल्याउदै गरेका गुप्ता प्रहरीको फन्दामा

    भारतबाट अण्डरवेयरमा हुण्डीको रकम ल्याउदै गरेका गुप्ता प्रहरीको फन्दामा

    अनलाइन नेपाल
  • आइतबार, २३ जेष्ठ २०७८
  • 2.6K
    SHARES

    पर्सा। जिल्ला प्रहरी कार्यालय पर्साले तीन लाख हुण्डीको रकमसहित एक जनालाई पक्राउ गरेको छ।

    पक्राउ पर्नेमा पर्सा जिल्लाकै वीरगञ्ज महानगरपालिका वडा नं.६ बस्ने ३९ बर्षीय अमित कुमार गुप्ता रहेका छन् ,



    गत शुक्रबार दिउँसो पक्राउ परेका गुप्ताले हुण्डी गरिरहेको भन्ने सूचनाका आधारमा खटिएको टोलीले वीरगञ्ज म.न.पा.वडा नं.१६ ईनर्वाचोकस्थित ना.२८ प ५७५८ नम्बरको ग्लैमर मोटरसाईकल चलाई भारत रक्सौलबाट वीरगञ्ज बसपार्कतर्फ आउँदै गरेको अवस्थामा पक्राउ गरेको हो।



    जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डीएसपी ओमप्रकाश खनालका अनुसार गुप्ताले अण्डरवेयरमा लुकाएर तीन लाख ल्याउदै गर्दा प्रहरीले फेला पारेको हो।

    पक्राउ परेका गुप्तमाथि बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बिरूद्वको कसूरमा अनुसन्धान भइरहेको प्रवक्ता खनालले बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार