Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • चुरे दोहनविरुद्ध प्रदर्शन गरेको भन्दै प्रहरीद्वारा नेविसंघका ९ जना नेता पक्राउ

    चुरे दोहनविरुद्ध प्रदर्शन गरेको भन्दै प्रहरीद्वारा नेविसंघका ९ जना नेता पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, २३ जेष्ठ २०७८
  • 3.8K
    SHARES

    काठमाडौँ । चुरे दोहनविरुद्ध प्रदर्शन गरेको भन्दै प्रहरीले नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) का ९ जना नेता तथा कार्यकर्ताहरुलाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा नेविसंघका महामन्त्री दीपक भट्टराईसहित परोपकार अधिकारी, किशोर गुरुङ, धर्मराज शाही , सुमन थापा मगर, दीपेन्द्र ढकाल, हिक्मत शाही, सुदर्शन पनेरू रहेका छन् ।



    गत जेठ १५ गते सरकारले बजेटमार्फत् ल्‍याएको चुरे क्षेत्र नीति गलत भएको भन्‍दै प्रदर्शन गरिरहेका नेविसंघका नेता तथा कार्यकर्तालाई प्रहरीले काठमाडौ‌को गोंगबुबाट पक्राउ गरेको हो ।



    नेविसंघका महामन्त्री भट्टराईका अनुसार चुरे दोहन, उपप्रधानमन्त्री राजेन्द्र महतोले दिएको बहुल राष्ट्रिय राज्यबारेको अभिव्यक्ति र पेट्रोलियम पदार्थमा भएको मूल्‍यवृद्धि विरुद्ध प्रदर्शन गरिएको हो।

    ‘चुरेको गिट्टी, प्रभूलाई भेटी’, ‘चुरे बचाऔं, संस्कृति जोगाऔं’ लगायतका पम्प्लेटसहित नेविसंघले विरोध प्रदर्शन गरेको थियो।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार