Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

प्रधानसेनापति भन्छन् - विप्लव समूह पुन: द्वन्द्वको बाटोमा जाँदैन भन्ने विश्वास छ

काठमाडौँ। प्रधानसेनापति पूर्णचन्द्र थापाले नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भविष्यमा पुन: द्वन्द्वको बाटोतिर नजाने सेनाको विश्वास रहेको बताएका छन् ।

आज आफ्नो कार्यकालको १००० दिन पुगेको अवसरमा जंगीअड्डामा आयोजित कार्यक्रममा पत्रकारहरुसँग कुरा गर्दै प्रधानसेनापति थापाले सरकार र विप्लव समूहबीच भएको वार्ताले मूर्तरुप लिने भन्दै आगामी दिनहरुमा पुन: द्वन्द्वको बाटोतिर नजाने सेनाको विश्वास रहेको बताएका हुन्।

कार्यक्रममा प्रधानमन्त्री थापाले भने, ‘सरकारले वार्ताको वातावरण सिर्जना गरेपछि अहिले सो समूहले राजनीतिक धारमा आउने सम्भावना देखाएको छ, विश्वास गरौं, यसले मूर्तरुप लिनेछ र नेपाली समाजलाई भविष्यमा द्वन्द्वको श्रृंखलामा अगाडि लैजानका लागि अगाडि बढ्ने छैन,’ प्रधानसेनापति थापाले भने।

यस्तै, थापाले अहिलेको राजनीतिक संकट राजनीतिक बाटोबाटै सुझबुझपूर्ण तरिकाले समस्या सुल्झन्छ भन्ने आफ्नो विश्वास रहेको बताउदै भने, ‘हामी अहिलेको घटनाक्रमलाई नजिकबाट नियालिरहेका छौँ, राजनीतिक समस्याको संवैधानिक निकास नै होस् भन्ने चाहन्छौं।'

यसैगरी थापाले सेनालाई कमजोर नसम्झन र विगतमा सेनाको गौरवपूर्ण इतिहास सम्झन सबैसंग अनुरोध गर्दै भने सेना हिरोइजम देखाउने ठाउँ नभएको र आफूले पनि ठाउँ नपाएर हिरोइजम नदेखाएको नभई हिरोइजम युद्धभूमिमामात्र ठीक हुने बताए । ‘मैले हिरोइजम देखाउने ठाउँ नभएर हिरोइजम नदेखाएको होइन,’ थापाले भने।

पूर्खाले नेपाल जोगाएको इतिहासलाई स्मरण गराउँदै उनले भविष्यमा पनि सेनाले सबै निकायको साथ लिएर राष्ट्रको रक्षा गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077