Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • संवैधानिक इजलास : संसद विघटनविरुद्धको मुद्दा हेर्दाहेर्दैमा

    संवैधानिक इजलास : संसद विघटनविरुद्धको मुद्दा हेर्दाहेर्दैमा

    अनलाइन नेपाल
  • आइतबार, २३ जेष्ठ २०७८
  • 3.3K
    SHARES

    काठमाडौँ। प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा हेर्दाहेर्दैमा राखिएको छ ।

    आजको सुनुवाइपछि प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणा नेतृत्वको संवैधानिक इजलासले मुद्दा हेर्दाहेर्दैमा राखेको हो ।



    आइतबार सरकार पक्षका कानुन व्यवसायीले इजलासमा रहेका न्यायाधीश दीपक कुमार कार्की र डा.आनन्दमोहन भट्टराईलाई बाहेक हुन दबाव दिएका छन् । दुई न्यायाधीश बाहेक भएर मुद्दाको सुनुवाई गर्ने या बाहेक नहुने भन्नेबारे निर्णय हुन बाँकी छ ।



    यसअघि आज भएको सुनुवाइमा प्रधानन्यायाधीश राणाले संसद विघटनका मुद्दा ११ न्यायाधीशले हेर्न नमिल्ने भनी अधिवक्ताहरू निवेदन लिएर गएपछि मानहानीको मुद्दा चलाउने चेतावनी दिएका थिए । इजलास सुरु हुनेबित्तिकै अधिवक्ता राजाराम घिमिरे, ज्ञानमणि न्यौपानेलगायतले संसद विघटनविरुद्दका निवेदन पेस गरेका थिए ।

    यस्तै, महान्यायाधिवक्ता रमेश बडालले न्यायाधीशद्वय कार्की र भट्टराईलाई प्रतिनिधिसभा विघटनसम्बन्धि मुद्दा सुनुवाइमा सरकारी पक्षलाई निष्पक्ष न्याय सम्पादन हुनेमा आशंका उब्जिएको भन्दै संवैधानिक इजलासबाट बाहिरिन आग्रह गरेका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार