Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • राष्ट्रपति चुरे संरक्षण समितिले भन्यो–गिट्टी, बालुवा निकासीले चुरेमा असर पर्दैन

    राष्ट्रपति चुरे संरक्षण समितिले भन्यो–गिट्टी, बालुवा निकासीले चुरेमा असर पर्दैन

    अनलाइन नेपाल
  • आइतबार, २३ जेष्ठ २०७८
  • 3.6K
    SHARES

    काठमाडौं । राष्ट्रपति चुरे–तराई मधेश संरक्षण समितिले गिट्टी, बालुवा निकासी गर्ने सरकारको योजनाले चुरेमा कुनै असर नपर्ने बताएको छ । अर्थमन्त्रीले आगामी आर्थिक वर्षको बजेटमा गिट्टी, बालुवा जस्ता कच्चा पदार्थको उत्खनन तथा विक्री वितरण गर्ने समावेश भएको जानकारी गराएपछि विभन्न सञ्चारमाध्यमहरुमा चुरे क्षेत्रसँग जोडिएर समाचार प्रकाशित भएका थिए । उक्त समाचारको विषयलाई लिएर समितिले आफ्नो ध्यानाकर्षण भएको जनाएको हो।

    समितिले सरकारले चुरेबाट राष्ट्रपति चुरे संरक्षण ढुंङ्गा गिट्टी–बालुवा उत्खखन नगर्ने स्पष्ट गरिसकाले योजनाले चुरेमा असर नपर्ने बताएको छ । अर्थ मन्त्रालय र वन तथा वातावरण मन्त्रालयले पनि प्रेस विज्ञप्तिहरु प्रकाशित गरेर चुरे, भावर, सिवालिक र नदी प्रणालीका क्षेत्रमा कुनै खानी उत्खनन् नगर्ने नीतिगत दृष्टिकोण प्रस्तुत समेत गरिसकेको भन्दै समितिले समिति पनि चुरे, भावर, तराई(मधेशको संरक्षणप्रति संवेदनशील रहेको बताएको छ ।



    समितिका प्रवक्ता शरदबाबु पंगेनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ–‘चुरे क्षेत्रको दोहन हुन नदिन समिति प्रतिवद्ध छ, यस समितिको कार्यक्षेत्र वातावरण संरक्षण क्षेत्रभित्रबाट ढुङ्गा, गिट्टी, वालुवा उत्खनन् गरी निकासी गर्ने कुनै पनि कार्यक्रम नरहेको व्यहोरा जानकारी गराउँदछौं ।’



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार