Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • मैत्रीपूर्ण खेलमा इंग्ल्याण्ड विजयी

    मैत्रीपूर्ण खेलमा इंग्ल्याण्ड विजयी

    अनलाइन नेपाल
  • सोमबार, २४ जेष्ठ २०७८
  • 1.8K
    SHARES

    एजेन्सी । युरोकपको तयारीमा रहेको इंग्ल्याण्ड मैत्रीपूर्ण खेलमा विजयी भएको छ । आइतबार राति भएको खेलमा इंग्ल्याण्डले रोमानियालाई १–० गोलले पराजित गरेको हो ।

    इंग्ल्याण्डको जितमा ६८ औँ मिनेटमा पाएको पेनाल्टीमा मार्कस राशफोर्डले गरेको गोल नै निर्णायक बन्यो । ७८ औँ मिनेटमा पाएको पेनाल्टीमा हेन्डर्सनले भने गोल गर्न सकेनन् ।



    समूह डी मा रहेको इंग्ल्याण्डले जुन १३ मा युरोकप २०२० अन्तर्गत आफ्नो पहिलो खेलमा क्रोएसियाको सामना गर्ने छ ।



    आइतबार राति भएका अरु मैत्रीपूर्ण खेलमा डेनमार्कले बोजनिया–हर्जगोबिनालाई २–०, स्कटलयाण्डले लग्जेम्बर्ग, बेल्जियमले क्रोएसिया, माल्डोभाले अजरबैजान तथा अल्जेरियाले मालीलाई समान १–० गोलले पराजित गरेका छन् ।

    यस्तै नेदरल्याण्ड्सले जर्जियालाई ३–० तथा ग्रीसले नर्वेलाई २–१ गोलले पराजित गर्दा अस्ट्रिया र स्लोभाकियाले गोलरहित बराबरी खेलेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार