Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • काठमाडौँमा असारदेखि आंशिक निषेधाज्ञाको तयारी

    काठमाडौँमा असारदेखि आंशिक निषेधाज्ञाको तयारी

    अनलाइन नेपाल
  • सोमबार, २४ जेष्ठ २०७८
  • 4.4K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । काठमाडौं उपत्यकाका जिल्लाहरु (काठमाडौँ, भक्तपुर र ललितपुर) असारदेखि आंशिक निषेधाज्ञा लगाएर जनजीवन केही सहज बनाइने भएको छ ।

    सरकारले कोरोना भाइरस महामारी नियन्त्रण तथा रोकथामका लागि भन्दै उपत्यकामा गत वैशाख १६ गतेदेखि निषेधाज्ञा लागू गरेको छ । अहिलेको निषेधाज्ञा जेठ मसान्तसम्म लागू गरिएको छ। जसमा निषेधाज्ञामा खाद्यान्न र अत्यावश्यकबाहेकका सेवा बन्द गरिएको छ ।



    पछिल्लो दुई सातायता उपत्यकामा संक्रमण र मृत्युदरमा पनि कमी आएको छ । असारमा कर संकलन गर्ने महिना भएकाले पनि आंशिक निषेधाज्ञा लागु हुन सक्ने कतिपयको बुझाइ छ ।



    अहिले नै पूर्ण निषेधाज्ञा खोल्ने सम्भावना भने न्यून रहेको सुरक्षा अधिकारीहरुको तर्क छ । पूर्ण रुपमा निषेधाज्ञा खोल्दा स्थिति नियन्त्रणबाहिर पनि जान सक्ने भएकाले अहिल्यै पूर्ण खुला गर्न नहुने सुरक्षा अधिकारीहरु बताउँछन् । तर, संक्रमण दर बढेमा फेरि एक सातासम्म निषेधाज्ञा लम्बिन सक्ने सम्भावना रहेको सरकारी अधिकारीहरु बताउँछन् ।

    यसै बिषयबारे काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुली भने जेठ मसान्तसम्म निषेधाज्ञा जारी नै रहेकाले  त्यसपछिका दिनहरुमा कोरोनाको संक्रमण दर हेरेर निर्णय लिने बताउछन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार