Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • टिकटक स्टार बिजय र गीताको अभिनयमा ‘उसको त बिहे भयो रे’ सार्वजनिक (भिडियो)

    टिकटक स्टार बिजय र गीताको अभिनयमा ‘उसको त बिहे भयो रे’ सार्वजनिक (भिडियो)

    अनलाइन नेपाल
  • सोमबार, २४ जेष्ठ २०७८
  • 2.1K
    SHARES

    काठमाडौँ । टिकटक स्टार बिजय पुनले आफ्नो कलाकारितामार्फत धेरै दर्शकको मन जितेका छन् । विशेषगरी टिक टकमा आफ्नो दमदार डाइलक पत्थरको मुटुबाट लोकप्रिय बनेका बिजयले कलाकारिता क्षेत्रमा पनि आफ्नो अब्बल अभिनयमार्फत देश विदेशमा रहेका नेपाली दर्शकमाझ राम्रो छाप छोड्न सफल भएका छन् ।

    कलाकारिता यात्रालाई समानान्तर रुपमा अगाडि बढाइरहेका बिजयले दर्जन बढी म्युजिक भिडियोमा अभिनय समेत गरिसके बिजयले ‘उसको त बिहे भयो रे’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ।



    गायक प्रताप दासको सुमधुर स्वरमा रहेको गीत ‘उसको त बिहे भयो रे’ गीत प्रेम, धोका, पीडा, त्याग, बिछोडजस्ता रसहरुको मिश्रित रूप यस भिडियोमा भएको कथावस्तुमा देख्न सकिन्छ । भिडियोमा प्रेम, घरपरिवार र समय परिस्थितिको सम्बन्धलाई चारित्रिक ढङ्गबाट प्रस्तुति दिइएको छ । भिडियोमा विजय पुन र गीता ढुंगानाको अभिनय रहेको छ भने ऋषी खड्काको संगीत(पत्थरको मुटु) बिजय पुनको उत्कृष्ट शब्दलाई विश्वास नेपालले एरेञ्ज गरेका छन् ।



    भिडियोलाई उत्कृष्ट बनाउन अन्य सहयोगी कलाकारहरुके साथ दिएका छन् । कथा-निर्देशन विक्रम चौहानले गरेका छन् भने अजय रेग्मीले छायांकन गरेको भिडियोलाई मिलन बिश्वोकर्मले सम्पादन गरेका हुन् । ‘उसको त बिहे भयो रे ‘बोलको गीत विजय पुनको ‘पत्थरको मुटु’ अफिसियल युट्यूव च्यानल मार्फत सार्वजनिक गरिएको छ । ।

    हेर्नुहोस् भिडियो :

     

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार