Online Nepal
  • बिहिबार, ६ बैशाख २०८१
  • नेपालसँगको वार्ताबारे जानकारी गराउन बूढानीलकण्ठ पुगे प्रचण्ड

    नेपालसँगको वार्ताबारे जानकारी गराउन बूढानीलकण्ठ पुगे प्रचण्ड

    अनलाइन नेपाल
  • सोमबार, २४ जेष्ठ २०७८
  • 1.6K
    SHARES

    काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ छलफलका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवास पुगेका छन् ।

    यसअघि अध्यक्ष प्रचण्डले एमालेबाट कारबाहीमा परेका वरिष्ठ नेता माधवकुमार नेपालसँग भेटवार्ता गरेका थिए।



    आइतबार पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीलाई २०७५ जेठ ३ अघिकै संरचना फर्काउने घोषणा गरे लगत्तै आफ्नै समूहमा दबाबमा परेका नेता नेपालले कोटेश्वरस्थित एक व्यवसायीको घरमा प्रचण्डसँग अबको रणनीतिका बारेमा छलफलमा रहेको उनी निकट एक नेताले बताएका थिए । स्रोतका अनुसार प्रचण्ड र नेपालबीच आगामी रणनीतिको बारे छलफल भएको बताइएको छ।



    प्रधानमन्त्रीको आगामी कदम र रणनीतिबारे नेपालसँग छलफल गरेका अध्यक्ष प्रचण्ड त्यहि कुरालाई लिएर सभापति देउवासँग छलफल गर्न बूढानीलकण्ठ पुगेका हुन्।

    प्रचण्डनिकट स्रोतका अनुसार सभापति देउवा र प्रचण्डबीच भेटवार्ता जारी छ, भेटमा नेपाल-प्रचण्डबीचको कुराकानी र पछिल्लो राजनीतिक गतिबिधिबारे छलफल भइरहेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार