Online Nepal
  • बिहिबार, ६ बैशाख २०८१
  • ओली राष्ट्रवादको लगौंटी र बिखण्डनको पगरी बनिसके : रामचन्द्र पौडेल

    ओली राष्ट्रवादको लगौंटी र बिखण्डनको पगरी बनिसके : रामचन्द्र पौडेल

    अनलाइन नेपाल
  • सोमबार, २४ जेष्ठ २०७८
  • 4.2K
    SHARES

    काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रवादको लगौटी खुस्केको थाहै नपाएको टिप्पणी गरेका छन्।

    आज सामाजिक सञ्जालमा वरिष्ठ नेता पौडेलले सत्ताको पछि भौतारिँदा ओलीले चुरे ध्वस्त गराएर मधेश नै डुबाउने, साल्ट ट्रेडिङ मासेर आयोडिनयुक्त नुनुको हाहाहार गराउने र बहुल राष्ट्र मुक्तिसंग्राम गर्न सत्ताको साँचो सुम्पेर राष्ट्र विखण्डनको मतियार बन्न पुगेको आरोप लगाएका छन्।



    यस्तै उनले सत्ता होइन ब्यबस्थालाई महत्त्व दिउँ भन्दै हिड्ने ओली रास्ट्रवादको लगौटी बिखन्डनको पगरी बनिसकेको उल्लेख गरेका छन्।



    फेसबुकमा पौडेलले लेखेका छन्,’सत्ता होइन व्यवस्थालाई महत्त्व दिउँ भन्दै थिएँ । सत्ताको पछि भौतारिँदै गर्दा हाम्रा रास्ट्रवादी के.पी. ओलीले सत्ता जोगाउन चुरे ध्वस्त गराएर मधेशनै डुबाउने, साल्ट ट्रेडिङ मासेर आयोडिन युक्त नुनको हाहाकार गराउने र “बहुल रास्ट्र मुक्तिसँग्राम गर्न” सत्ताको साँचो सुम्पेर रास्ट्र विखण्डनको मतियार बन्न पुग्नुले रास्ट्रवाद र सदाचारको लगौटी खुस्किसकेको थाहै पाएनछन् । ओली रास्ट्रवादको लगौटी बिखण्डनको पगरी बनिसकेछन्।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार