Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • को हुन् ती ४ जना मन्त्री ? जसको केन्द्रमा आफ्नै सरकार हुँदा पनि प्रदेशमा हटाइए

    को हुन् ती ४ जना मन्त्री ? जसको केन्द्रमा आफ्नै सरकार हुँदा पनि प्रदेशमा हटाइए

    अनलाइन नेपाल
  • सोमबार, २४ जेष्ठ २०७८
  • 2K
    SHARES

    रामनारायण यादव / जनकपुरधाम । प्रदेश नं २का मुख्यमन्त्री लालबाबु राउतले जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष महन्थ ठाकुर पक्षका  ४ जना मन्त्री बर्खास्त गरेका छन् ।

    मुख्यमन्त्री राउतले भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनल, समाजिक विकास राज्यमन्त्री अभिराम शर्मा, भौतिक पूर्वाधार विकास राज्यमन्त्री डिम्पल झा र उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डललाई मन्त्रीबाट बर्खास्त गरेका हुन् ।



    जसपाको ठाकुर–महतो समूहमा रहेका सोनल, शर्मा, झा र मण्डललाई मुख्यमन्त्री लालबाबु राउतले आइतबार अबेर राति हटाएको पत्र प्रदेश प्रमुख डा राजेश झाको सचिवालयमा दर्ता भएको छ। प्रदेश प्रमुख झाले मुख्यमन्त्री कार्यालयबाट मन्त्रिमण्डलमा हेरफेर गरिएको पत्र आएको पुष्टि गरेका छन्।



    प्रदेश प्रमुखको सचिवालयले राति नै जारी गरेको विज्ञप्ति अनुसार मुख्यमन्त्री राउतलाई भौतिक पूर्वाधार विकास मन्त्रालयको सम्हाल्ने गरी जिम्मेवारी तोकिएको छ।

    विजय कुमार यादवलाई पूर्ववत् नै आर्थिक मामिला तथा योजना मन्त्रालय, ज्ञानेन्द्र कुमार यादवलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालय, शैलेन्द्र साहलाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, नवलकिशोर साहलाई समाजिक विकास मन्त्रालय र रामनरेश यादवलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय कायम रहेको विज्ञप्तिमा उल्लेख छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार