Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • प्रदेश २ मा जसपा ठाकुर पक्षद्वारा बजेट अधिवेशन बहिष्कार

    प्रदेश २ मा जसपा ठाकुर पक्षद्वारा बजेट अधिवेशन बहिष्कार

    अनलाइन नेपाल
  • सोमबार, २४ जेष्ठ २०७८
  • 2K
    SHARES

    फाइल फोटो

    जनकपुरधाम।  प्रदेश नं २ को सोमबारबाट सुरु भएको प्रदेश सभाको बैठकमा जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर समूहका सांसदहरु बहिष्कार गरेका छन् ।

    प्रदेश सभाको छैठौं अधिवेशसनको पहिलो बैठक बहिष्कार गरेको हो । प्रदेश सरकारबाट ठाकुर समूहका एक मन्त्री र तीन राज्यमन्त्रीसहित चार जना मन्त्रीलाई जसपाका अर्का अध्यक्ष उपेन्द्र यादव समूहका मुख्यमन्त्री लालबाबु राउतले बर्खास्त गरेपछि उनीहरू बजेट अधिवेशनको बैठकमा सहभागी नभएका हुन् ।



    पुर्व राजपाको संसदीय दलको बैठकबाट प्रदेश सभा बैठकमा सहभागी नहुने निर्णय गरेको थियो । प्रदेश सभाको बजेट अधिवेशनमा सहभागी नहुने निर्णयका साथ यादव समूहले गर्ने क्रियाकलापका आधारमा रणनीति तय गर्ने निर्णय गरिएको ठाकुर समूहका एक नेताले बताए ।



    ठाकुर समूहका २५ जना प्रदेश सभा मध्ये ५ जना उपेन्द्र यादव समूहमा लागेका छन् । पार्टीभित्र समूहगत किचिलो शुरु भएपछि ठाकुर समूहका रामनरेश राय यादव, नवलकिशोर साह, डा. रिना यादव, अन्जु यादव र रानीशर्मा तिवारी यादव समूहमा गएका हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार