Online Nepal
  • बिहिबार, ६ बैशाख २०८१
  • सामाजिक सञ्जालमार्फत् लट्री परेको भन्दै ठगी गर्ने युवक प्रहरीको फन्दामा

    सामाजिक सञ्जालमार्फत् लट्री परेको भन्दै ठगी गर्ने युवक प्रहरीको फन्दामा

    अनलाइन नेपाल
  • सोमबार, २४ जेष्ठ २०७८
  • 1.9K
    SHARES

    फाइल फोटो

    पर्सा। जिल्ला प्रहरी कार्यालय पर्साले सामाजिक सञ्जाल वाट्सएप, इमो मार्फत लट्री परेको भन्दै ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ।

    पक्राउ पर्नेमा पर्सा जिल्ला वीरगंज महानगरपालिका-१८ बस्ने निरज कुमार सिंह रहेका छन्।



    पक्राउ परेका सिंहले वाट्सएप, इमोमार्फत २५ लाखको लट्री परेको भन्दै २ लाख १० हजार रुपैयाँ रकम ठगी गरेको अनुसन्धानमा खुल्न आएको प्रहरीले जनाएको छ।



    उनले लट्री प्राप्त गर्नका लागि ट्याक्स दिनुपर्छ भनी झुक्याई पीडितहरुलाई विभिन्न व्यक्तिहरुको नाममा रहेको बैंक खाता, आइएमई, ई-सेवामा नगद जम्मा गर्न लगाउने गरेको प्रहरीको भनाइ छ ।

    उनी उपर ठगी मुद्दा कसूरमा थप आवश्यक कारवाही हुने प्रहरीले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार