Online Nepal
  • मंगलबार, ११ बैशाख २०८१
  • ओलीलाई नेपालको जवाफ : आफूले मनपरी गर्ने अनि अरुलाई उपदेश दिने ?

    ओलीलाई नेपालको जवाफ : आफूले मनपरी गर्ने अनि अरुलाई उपदेश दिने ?

    अनलाइन नेपाल
  • सोमबार, २४ जेष्ठ २०७८
  • 1.9K
    SHARES

    काठमाडौं । प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीबाट निष्कासन गरेका नेता माधवकुमार नेपालले ओलीलाई मुखभरीको जवाफ फर्र्काएका छन् । नेता नेपालले आफूले मनपरी गर्ने र अरुलाई उपदेश दिने कुराको कुनै उपादेयता रहँदैन भन्दै ओलीलाई जवाफ दिएका हुन् ।

    नेपालले आज सम्पन्न स्थायी कमिटिका पदाधिकारी तथा सदस्यहरुको बैठकको निर्णय बमोजिम बक्तब्य जारी गर्दै कुनै पनि हालतमा सर्वोच्च अदालतमा दायर गरेको रिटबाट हस्ताक्षर स्वतः फिर्ता नहुने बताएका हुन् ।



    एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई २०७५ जेठ ३ पूर्वको स्थितिमा फर्काउन आफू तयार रहेको तर सर्वोच्च अदालतमा दिएको रिटबाट हस्ताक्षर फिर्ता लिन आग्रह गरेका थिए ।



    तर, नेपालले भने उक्त रिट निवेदन प्रधानमन्त्रीबाट प्रतिनिधिसभा विघटनका कारण नेपालको संविधान, लोकतन्त्र र संसदको रक्षा गर्नुपर्ने आवश्यकताको परिणाम भएको बताएका छन् । यद्यपी नेता नेपालले भने संसद विघटन फिर्ता लिएमा आफूहरुले सर्वोच्च अदालतमा दायर गरेको रिटबाट हस्ताक्षर स्वतः फिर्ता हुने जवाफ दिएका छन् ।

    उनले भनेका छन्–‘प्रधानमन्त्रीबाट प्रतिनिधिसभाको विघटन निर्णय फिर्ता भएमा यससम्बन्धी विवादको स्वतः निरुपण हुनेछ ।’

    नेपालद्वारा जारी बक्तब्यको बुँदा नंं ५ मा भनिएको छ–‘हामीले पाटी एकता, देशमा राजनीतिक स्थायित्व र जनताको हितलाई सर्वोपरी राख्दै सर्वोच्च अदालको फैसला तथा नेकपा(एमाले) को नवौं महाधिवेशनको निर्णय र पार्टी विधान अनुरुप पार्टी संगठनलाई पूर्ववत् सञ्चालन गरौं भनी राखेको प्रस्ताव अत्यन्त रचनात्मक छ । तर, त्यसप्रति केपी शर्मा ओलीको सकारात्मक दृष्टिकोण र व्यवहार रहेको पाइएन । अहिले उहाँबाट भनिएको ‘रचनात्मक योगदान’ सर्वप्रथम उहाँबाटै आरम्भ हुनु उपयुक्त हुनेछ । अन्यथा आफूले मनपरी गर्ने र अरुलाई उपदेश दिने कुराको कुनै उपादेयता रहँदैन ।’

    हेर्नुहोस् माधवकुमार नेपालको जवाफको पूर्णपाठ

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार