Online Nepal
  • मंगलबार, ११ बैशाख २०८१
  • विश्वकप फुटबल छनोट : जोर्डनसँग नेपाल ३–० गोल अन्तरले पराजित

    विश्वकप फुटबल छनोट : जोर्डनसँग नेपाल ३–० गोल अन्तरले पराजित

    अनलाइन नेपाल
  • सोमबार, २४ जेष्ठ २०७८
  • 3.4K
    SHARES

    काठमाडौं। कुवेतमा भएको खेलमा नेपाल जोर्डनसँग ३–० गोल अन्तरले पराजित भएको छ। फिफा विश्वकप २०२२ र एसियन कप २०२३ को छनौट खेलमा सोमबार कुवेतको राजधानीस्थित रंगशालामा भएको खेलमा नेपाल ३–० गोल अन्तरले पराजित भएको हो ।

    जोर्डनलाई जित दिलाउन बाहा फाइजल सिफले दुई गोल गरे । यस्तै याजन अल अरबको नाममा एक गोल रह्यो । नेपाल खेलको २३ मिनेटमा जोर्डनको पेनाल्टी गोलमार्फत पछाडि परेको थियो भने त्यसपछि दोस्रो हाफको पाँचौं मिनेटमा जोर्डनले फ्रिकिकमार्फत् गोल गर्दै खेल २–० मा अग्रता लिएको थियो ।
    त्यसपछि जोर्डनले खेलको ६७ औं मिेनटमा अर्को गोल गर्दै गोल अग्रता तेब्बर बनाएको थियो ।



    त्यसपछि खेलको निर्धारित समयमा कुनै गोल हुन नसकेपछि खेलमा नेपालले ३–० को पराजय भोगेको थियो । जितसँगै समूह ‘बी’ को जोर्डनले ६ खेलमा १३ अंक जोडेको छ । जोर्डन अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।



    नेपालले ७ खेलमा ६ अंक जोडेको छ । नेपाल चौंथो स्थानमा रहेको छ । अब नेपालले समूह चरणको अन्तिम खेलमा अष्ट्रेलियासँग खेल्नेछ । नेपाल र अष्ट्रेलियाबीचको खेल शुक्रबार हुनेछ । यसअघि भएको खेलमा नेपालले चाइनिज ताइपेइलाई २–० ले पराजित गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार