Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • यस्तो छ आज जेठ २५ गते मंगलबारको राशिफल

    यस्तो छ आज जेठ २५ गते मंगलबारको राशिफल

    अनलाइन नेपाल
  • मंगलबार, २५ जेष्ठ २०७८
  • 2K
    SHARES

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
    आज प्रतिष्ठा कमाउने वेला छ । स्वादिष्ट भोजन पाइनेछ । धनार्जनका नयाँ योजना बन्नेछन् । राजनैतिक क्षेत्रबाट सफलता पनि पाइनेछ ।

    वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
    नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । स्वास्थ्यप्रति सतर्कता अपनाउन आवश्यक छ । तर आर्थिक पक्ष भने सामान्य नै रहला ।



    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
    लाभ, हानी, आय, व्यय, बराबरी मध्यम खालको दिन छ । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन । मनपरेको खानेकुरा खान पाइनेछ ।



    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
    सामाजिक कार्यमा मन जाला । कूटनीतिक नियोगको सहयोग मिल्ला । दैनिक कार्यमा प्रगति हुनेछ । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ ।

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
    आज लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । स्वादिष्ट भोजनको अवसर पाइनेछ । दाम्पत्य जीवन पनि सुखमय नै हुनेछ ।

    कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
    आर्थिक लेनदेनमा समस्या देखा पर्ला । नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । स्वास्थ्य तथा औषध उपचारमा खर्च बढ्नेछ ।

    तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
    आज धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ । समाजसेवामा मन पनि लाग्नेछ ।

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
    आज महिलावर्गबाट विशेष सहयोग मिल्नेछ । नयाँ ठाउँमा लगानिको अवसर मिल्नेछ । प्राविधिक क्षेत्र सबल रहनेछ, तर साँझमा खर्च बढ्नेछ ।

    धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
    आज आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । आफन्तको प्रगतिमा मन रमाउनेछ । दिनको उत्तरार्ध अधिक सुखद् रहनेछ ।

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
    आज शुभकार्यको चर्चा चल्नेछ । कुनै कुराले मनमा प्रसन्नता छाउनेछ । विशिष्ट व्यक्तिको साथ पाइनेछ । परिवारसँग समय पनि बित्न सक्छ ।

    मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
    आज समाजमा प्रतिष्ठा कमाउने वेला छ । आफन्त र कुटुम्बको सहयोग मिल्नेछ । सामाजिक र राजनैतिक कार्यमा पनि सफलता मिल्नेछ ।

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
    आज दैनिक कार्यमा सफलता पाइनेछ । सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ । प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेको छ । – ज्यो.प. नारायणप्रसाद दुलाल

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार