Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • फ्रेन्च ओपन : कोको गोफ र नोभाक जोकोविच क्वाटरफाइनलमा

    फ्रेन्च ओपन : कोको गोफ र नोभाक जोकोविच क्वाटरफाइनलमा

    अनलाइन नेपाल
  • मंगलबार, २५ जेष्ठ २०७८
  • 1.8K
    SHARES

    एजेन्सी । अमेरिकी किशोरी कोको गोफ र विश्व नम्बर एक नोभाक जोकोविच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । यस्तै इगा स्वीएकेक पनि क्वाटरफाइनलमा प्रवेश गरेकी छिन् ।

    १७ वर्षीया अमेरिकी गोफले सन् २०१८ मा जुनियर उपाधि जितेकी थिइन् । उनले ट्युनिसियाकी अन्स जाबेएरलाई ६–३ र ६–१ ले पराजित गरेकी हुन् । उनी पहिलोपटक ग्राण्डसलामको क्वाटरफाइनलमा पुगेकी हुन् ।



    ग्रीसकी मारिया साकरीले गत वर्षकी उपविजेता चौथो बरियताकी सोफिया केनिनलाई ६–१ र ६–३ ले पराजित गरेकी छिन् ।



    यस्तै स्लोएन स्टेफन्सलाई ६–२ र ६–० लाई पराजित गरेर बार्बोरा क्रेज्सिकोभा पनि क्वाटरफाइनलमा प्रवेश गरेकी छिन् ।

    संघर्षपूर्ण जितसहित विश्व नम्बर एक नोभाक जोकोविचले ७६ औँ बरियताका १९ वर्षका लोरेन्जो मुसेत्तीलाई ६–७, ७–९, ६–७, २–७, ६–१, ६–० र ४–० अंकले पराजित गरे ।

    यस्तै राफायल नाडाल पनि अन्तिम ८ मा प्रवेश गरेका छन् । उनले जानिक सिनरलाई ७–५, ६–३ र ६–० ले पराजित गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार