Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • सुदूरपश्चिममा एमाले संसदीय दलले मुख्यमन्त्री भट्टलाई विश्वासको मत दिने

    सुदूरपश्चिममा एमाले संसदीय दलले मुख्यमन्त्री भट्टलाई विश्वासको मत दिने

    अनलाइन नेपाल
  • मंगलबार, २५ जेष्ठ २०७८
  • 2.3K
    SHARES

    कैलाली । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलले मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत दिने निर्णय गरेको छ ।

    आज विहान बसेको संसदीय दलको बैठकले मुख्यमन्त्रीको पक्षमा उभिने निर्णय गरेको सामाजिक विकासमन्त्री लालबहादुर खड्काले जानकारी दिए ।



    बैठकमा केपी शर्मा ओली पक्षका सांसदहरुले भने मत दिन नहुने बताएका थिए । पार्टी केन्द्रको निर्देशनअनुसार विश्वासको मत नदिने बताएको सांसद पठान सिंह बोहोराले जानकारी दिए ।



    प्रदेश सभामा एमालेका सभामुखबाहेक २४, माओवादीका १३, कांग्रेसका १२ र जनता समाजवादी पार्टी नेपालका दुई जना छन् । एमालेका २४ मतदातामध्ये कारबाहीमा परेका १५ र संस्थापन पक्षका नौ सदस्य छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार