Online Nepal
  • मंगलबार, ११ बैशाख २०८१
  • यूनिसेफले धनी देशलाई भन्यो – खोप दान देउ नत्र खेर जाला !

    यूनिसेफले धनी देशलाई भन्यो – खोप दान देउ नत्र खेर जाला !

    अनलाइन नेपाल
  • मंगलबार, २५ जेष्ठ २०७८
  • 2.3K
    SHARES

    काठमाडौँ। आर्थिक रूपमा समृद्ध राष्ट्रहरूले तुलनात्मक रूपमा विपन्न राष्ट्रहरूमा एकै पटक ठूलो मात्रा बाँकी रहेका खोप पठाए लाखौँ मात्रा खोप खेर जानसक्ने संयुक्त राष्ट्रसङ्घीय बालकोष (यूनिसेफ)ले चेतावनी दिएको छ।

    आर्थिक रूपमा कमजोर राष्ट्रहरूसँग एकै पटक ती खोप प्रयोगमा ल्याउनका लागि श्रोतको अभाव रहेका कारण क्रमिक रूपमा खोप उपलब्ध गराइनुपर्ने यूनिसेफले जनाएको छ।



    यूके सहित अन्य केही मुलुकहरूले आफूसँग मौज्दात रहेको बाँकी खोप दिने वाचा गरेका छन्। तर उनीहरूलाई अलि अगावै खोप दिन आग्रह गरिएको छ।



    बीली आएलीस र डेभिड बेकम जस्ता प्रख्यात व्यक्तित्वहरूले यूनिसेफको आग्रहमा समर्थन जनाएका छन्।

    उनीहरूले जी७ भनेर चिनिने विश्वका महत्त्वपूर्ण सात अर्थतन्त्रहरूलाई हस्ताक्षर सहितको पत्र पठाएका छन् जसमा यूके सहितका राष्ट्रहरूलाई उनीहरूसँग रहेको २० प्रतिशत खोप अगस्ट महिनासम्ममा दिइसक्न आग्रह गरिएको छ।

    पत्रमा हस्ताक्षर गर्ने अन्य ख्यातिप्राप्त व्यक्तित्वहरूमा यान्डी मरी, एलीभीया कोलमन, युएन मगग्रेग, लिएम पेन, प्रियङ्का चोपडा जोनस, ओल्यान्डो ब्लुम, केटी प्यारी, जेमा च्यान, उपी गोल्डबर्ग, क्लोडिया सीफर र क्रिस होए रहेको बीबीसीले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार