Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • नेपालमा हालसम्म ५ लाख ४ हजार भन्दा बढीले कोरोना जितेको स्वास्थ्य मन्त्रालयको दावी

    नेपालमा हालसम्म ५ लाख ४ हजार भन्दा बढीले कोरोना जितेको स्वास्थ्य मन्त्रालयको दावी

    अनलाइन नेपाल
  • मंगलबार, २५ जेष्ठ २०७८
  • 1.8K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर ५१५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो सँगै हालसम्म नेपालमा संक्रमण पुष्टि हुनेको संख्या ६ लाख ११  हजार २६८ पुगेको छ। जसमा १२ हजार ०६५ जनाको पीसीआर र ५ हजार ६११ जनाको एन्टीजेन विधिबाट परीक्षण गरिएको हो ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ६ हजार ५७० जना संक्रमणमुक्त भएका छन् भने हालसम्म ५ लाख ०४ हजार ५३० जना कोरोना संक्रमणबाट निको भएका छन् ।



    यस्तै, पछिल्लो २४ घण्टामा १०८ जना संक्रमितको मृत्यु भएको छ । यो सँगै हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ हजार ०९८ पुगेको मन्त्रालयले जनाएको छ।



    यसअघि हिजो ४४७२ जनामा संक्रमण पुष्टि हुँदा ६, ९५१ जना डिस्चार्ज भएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार