यी हुन् प्रहरी चौकीभित्रै खुकुरी हानाहान गरेर असईमाथि नै आक्रमण गर्ने मुख्य आरोपीहरु

यी हुन् प्रहरी चौकीभित्रै खुकुरी हानाहान गरेर असईमाथि नै आक्रमण गर्ने मुख्य आरोपीहरु

अनलाइन नेपाल
  • मंगलबार, जेष्ठ २५ २०७८

  • 10.1K
    SHARES

    यी हुन् प्रहरी चौकीभित्रै खुकुरी हानाहान गरेर असईमाथि नै आक्रमण गर्ने मुख्य आरोपीहरु

    सुनसरी। गत जेठ १३ गते साँझ धरान १५ नयाँ बसपार्कस्थित अस्थायी प्रहरी चौकीमा प्रहरीमाथि आक्रमण गरेर फरार भएका मुख्य ५ जना आरोपीहरु पक्राउ परेका छन्।

    जिल्ला प्रहरी कार्यालय सुनसरी एसपी कमल थापाका अनुसार उक्त घटनामा १० जना युवाहरु संलग्न भएको पत्ता लगाएको छ भने प्रहरीले हालसम्म मुख्य ५ आरोपीमात्र पक्राउ गर्न सकेको छ । अन्य ५ जनाको खोजी भइरहेको जनाएको छ।



    पक्राउ परेका ५ जना मुख्य आरोपीलाई प्रहरीले आज सार्वजनिकसमेत गरेको छ।

    पक्राउ पर्नेमा धरान ४ का ३० वर्षीय बसन्त राई, धरान १५ का ३२ वर्षीय रेगन लिम्बु, धरान ५ का २४ वर्षीय बिक्रम राई, धरान ३ का २७ वर्षीय सिजन राई र धरान ४ का २६ वर्षीय कालु भन्ने सरोज लिम्बु रहेका छन्।

    चौकी आक्रमणपछि भागेर धनकुटा पुगेका दुवैजना छथर पोखरी ४ बञ्चरे एरियामा लुकेको सूचना पाएपछि प्रहरीले उक्त क्षेत्रमा सर्च अप्रेशन चलाएको थियो।

    प्रहरीको १ नम्बर प्रदेश प्रहरी ब्युरोसँगै मोरङ, तेह्रथुम र धनकुटा जिल्लाको प्रहरीसँग समन्वय गरेर सर्च अप्रेशन गरिएको एसपी थापाले बताए।

    उनीहरुविरुद्ध मुलुकी अपराध संहिता २०७४ अन्तर्गत ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भइसकेको छ।

    प्रहरीका अनुसार प्रहरी चौकीमा स्थानीय युवाको दुई समूहबीच खुकुरी हानाहान हुँदा चौकीका इन्चार्ज असई सुमन दाहाल घाइते भएका थिए।

    सम्बन्धित विषय

    अनलाइन नेपालमा प्रकाशित समाचारको बारेमा कुनै प्रतिक्रिया, सुझाव तथा सूचना दिनुपरेमा [email protected] मा पठाउनुहोला । निरन्तर समाचारको लागी हामीसँग फेशबुक तथा ट्वीटरमा जोडिन सक्नुहुनेछ ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार