Online Nepal
  • बिहिबार, ६ बैशाख २०८१
  • पछिल्लो २४ घण्टामा निषेधाज्ञा उल्लंघन गर्ने ३,१८० वटा सवारी साधन प्रहरीको कारवाहीमा

    पछिल्लो २४ घण्टामा निषेधाज्ञा उल्लंघन गर्ने ३,१८० वटा सवारी साधन प्रहरीको कारवाहीमा

    अनलाइन नेपाल
  • मंगलबार, २५ जेष्ठ २०७८
  • 1.9K
    SHARES

    फाइल फोटो

    काठमाडौं । विभिन्न जिल्लामा लागू गरिएको निषेधाज्ञा कार्यान्वयनको सिलसिलामा पछिल्लो २४ घण्टामा निषेधाज्ञा उल्लंघन गर्ने ३ हजार १ सय ८० वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । तीमध्ये ९ सय ७० वटा गाडी र २ हजार २ सय १० वटा मोटरसाइकल रहेका छन् ।

    नियन्त्रणमा लिएका सवारी साधनहरुलाई आवश्यक सोधपुछ पश्चात छोडिने गरिएको प्रहरीको भनाइ छ । साथै, नयाँ भेरियन्ट सहितको कोभिड-१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा संचालित ‘तपाईंको मास्क खोई ?’ कार्यक्रम अन्तर्गत पछिल्लो २४ घण्टामा ५ सय ६५ जनालाई नि:शुल्क मास्क वितरण गरिएको छ । कार्यक्रम अन्तर्गत हालसम्म जम्मा ४ लाख ५३ हजार ९ सय ८१ जनालाई नि:शुल्क मास्क वितरण गरिएको छ ।



    प्रहरीका अनुसार कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा तोकिएको मापदण्ड उल्लंघन गर्ने ५ सय ७७ जनालाई कोभिड-१९ सङ्कट व्यवस्थापन अध्यादेश, २०७८ बमोजिम जम्मा ५९ हजार १ सय रुपैयाँ जरिवाना गरिएको छ । सो क्रममा ४ हजार ५३ जनालाई रोकी सम्झाई बुझाई छाडिएको छ ।



    साथै देशभर सञ्चालित ८२ वटा माईकिङ, प्लेकार्ड, पर्चापम्प्लेट सहितको सचेतनामूलक कार्यक्रम अन्तर्गत ६ हजार १ सय ९ जनालाई सचेत गराइएको छ ।

    निषेधाज्ञा कार्यान्वयनलाई थप प्रभावकारी र सफल बनाउन नेपाल प्रहरीले अन्य सुरक्षा निकाय लगायतका सरोकारवालाहरुसँग आवश्यक समन्वय, सहकार्य गरी अनुगमनलाई समेत तिब्रता दिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार