स्याकार ट्रेडिङ्गले भित्र्यायो होन्डा सीबी ३५० डीएलएक्स, मूल्य ७ लाख ५० हजार

स्याकार ट्रेडिङ्गले भित्र्यायो होन्डा सीबी ३५० डीएलएक्स, मूल्य ७ लाख ५० हजार

अनलाइन नेपाल
  • मंगलबार, जेष्ठ २५ २०७८

  • 936
    SHARES

    स्याकार ट्रेडिङ्गले भित्र्यायो होन्डा सीबी ३५० डीएलएक्स, मूल्य ७ लाख ५० हजार

    काठमाडौं । नेपालका लागि होण्डा मोटरसाइकल तथा स्कुटरको अधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनि प्रालिले बहु प्रतिक्षित होण्डाको सीबी ३५० डीएलएक्स (ऋद्य घछण् म्ीह्) नेपालमा भित्र्याएको छ । स्याकार ट्रेडिङ्गका अध्यक्ष सौरभ ज्योतिद्वारा यूटुबमा प्रिमियर गरिएको एक भिडियो मार्फत यस बाइकलाई हिजो नेपाली बजारमा सार्वजनिक गरिएको थियो ।

    नेपालमा होण्डाको सीबी मोडलका बाइकहरुले एक विशेष पहिचान बनाएको छ । यस सीबी ३५० डीएलएक्सले पनि नेपाली बाइकरहरुको मनमा एक छुट्टै स्थान बनाउन सफल हुने कुरामा होण्डा विश्वस्त रहेका स्याकरद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । ३५० को नेपालमा आकर्षक रेट्रो लुक्स मन पराउने सम्पूर्ण बाइक पारखीहरुको लागि निर्मित यस बाइकमा ३५० सिसिको इन्जिन रहेको छ ।



    मोर्डन फिचरहरुले भरिपूर्ण यस बाइक सिङ्गल टोनमा प्रिसियस रेड मेटालिक, म्याट मार्सल ग्रिन मेटालिक, पर्ल नाइट स्टार ब्याल्क गरी ३ विभिन्न रङ्गहरुमा उपलब्ध छ । रियल टाइम माइलेज, एभरेज माइलेज र डिस्ट्यान्स टू एम्प्टी सूचित गर्ने डिजिटल क्नसोल, रिङ्ग टाइप विंकर सहित लिड हेड ल्याम्प र टेल ल्याम्प, एस्सिट एण्ड सिल्पर क्लच् डिजिटल मिटर, लामो र आरमदायी सिट जस्ता यस बाइकको धेरै मध्यका केहि विशेषताहरु हुन् । नेपाली बजारमा यस सीबी ३५० डीएलएक्सको मूल्य ७ लाख ५० हजार तोकिएको पनि विज्ञप्तिमा उल्लेख छ ।

    सम्बन्धित विषय

    अनलाइन नेपालमा प्रकाशित समाचारको बारेमा कुनै प्रतिक्रिया, सुझाव तथा सूचना दिनुपरेमा [email protected] मा पठाउनुहोला । निरन्तर समाचारको लागी हामीसँग फेशबुक तथा ट्वीटरमा जोडिन सक्नुहुनेछ ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार