Online Nepal
  • बिहिबार, ६ बैशाख २०८१
  • पार्टीलाई एक बनाउने बामदेको अर्को प्रस्ताव : २ जेठ २०७५ को स्थायी कमिटी बैठक बोलाऔं

    पार्टीलाई एक बनाउने बामदेको अर्को प्रस्ताव : २ जेठ २०७५ को स्थायी कमिटी बैठक बोलाऔं

    अनलाइन नेपाल
  • मंगलबार, २५ जेष्ठ २०७८
  • 2.1K
    SHARES

    काठमाडौं । नेकपा एमाले लगभग फुटको संघारमा पुगेका बेला नेता बामदेव गौतमले पार्टीमा एकताका लागि मध्यमार्गी प्रस्ताव अघि सारेका छन् । पार्टी एकता राष्ट्रिय अभियानको संयोजक समेत रहेका गौतमले अभियानको तर्फबाट २ जेठ २०७५ मा कायम रहेको एमालेको स्थायी कमिटी बैठक बोलाउने र पार्टीमा उत्पन्न विषयबारे छलफल गर्ने प्रस्ताव अघि सारेका हुन् ।

    आइतबार मात्र प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले ६ बुँदे प्रस्ताव अघि सारेका थिए, जसमा एमालेलाई ३ जेठ २०७५ पूर्वको अवस्थाबाट अगाडि बढाउने र सर्वोच्चको रिटमा प्रयोग भएको एमालेका निवर्तमान सांसदहरुको हस्ताक्षर फिर्ता लिने उल्लेख थियो ।



    तर, माधव कुमार नेपाल समूहले प्रस्तावमा जालझेल, अन्योल र भ्रमको आधारमा अरुलाई अल्मल्याउने र विभाजित गर्ने दुराशय देखिएको निष्कर्ष निकाल्यो र हस्ताक्षर फिर्ता नलिने अडान सार्वजनिक गर्‍यो । यसले के प्रष्ट गर्यो भने एमाले अब एक हुन संभावना न्युन छ । तर, यहि बेला गौतमबाट मध्यमार्गी प्रस्ताव आएको हो ।



    यता, गौतम पनि ओलीको प्रस्तावमा कुटिल चातुर्यता र जालझेलको अनुमान गर्न सकिने भाषाशैली प्रयास भएको बताउँछन् । पार्टी एकता राष्ट्रिय अभियानको मंगलबार बसेको भर्चुअल बैठकले उक्त निर्णय गरेको गौतमको भनाई छ । तर एमालेलाई २०७५ जेठ ३ पूर्वको अवस्थाबाट अगाडि बढाउने प्रस्ताव सकारात्मक भएको अभियानको ठहर छ ।

    एकता अभियानको वक्तव्यमा भनिएको छ–‘छिटोभन्दा छिटो २०७५ जेठ २ मा कायम रहेको एमालेको दुई वरिष्ठ नेता, चार उपाध्यक्ष, एक महासचिव र दुई उपमहासचिव र पाँच सहित सहितको स्थायी कमिटी बैठक बोलाएर पार्टीभित्र उत्पन्न भएका विषयहरुमा छलफल गरी सही मार्गदर्शन गर्न पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली समक्ष हार्दिक अनुसार गर्दैछ ।’

    एकताको पक्षमा उभिएका नेताहरुलाई स्थायी र केन्द्रीय कमिटीको संरचनामा ल्याउने विषय एमालेको समस्यामा ल्याउनु गलत भएको भन्दै गौतम नेतृत्वको अभियानले भनेको छ–‘जनवर्गीय संगठनहरुको संरचनाका सम्बन्धनमा मूलभूत रुपमा भन्नुको अर्थ २०७५ जेठ ३ पूर्वको जस्ताको तस्तै अजस्थालाई अस्वीकार पनि गर्न सकिन्छ भन्ने हो, जसलाई इमान्दार एकता प्रयत्न मान्न सकिन्न ।’

    हेर्नुहोस् विज्ञप्ति

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार