Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • नेपाललाई खोप सहयोग गर्न बेलायतका सांसदहरुद्वारा आग्रह

    नेपाललाई खोप सहयोग गर्न बेलायतका सांसदहरुद्वारा आग्रह

    अनलाइन नेपाल
  • बुधबार, २६ जेष्ठ २०७८
  • 1.9K
    SHARES

    काठमाडौँ । बेलायतका १६ सांसदले नेपाललाई कोरोनाविरुद्धको खोपसहित स्वास्थ्य सामग्री तत्काल सहयोग गर्न आफ्नो सरकारसँग आग्रह गरेका छन् ।

    कोरोनाको संक्रमण नेपालमा बढीरहेको भन्दै उनीहरुले खोपसहित स्वास्थ्य सामग्री तत्काल सहयोग गर्न आग्रह गरेका हुन् । विदेशमन्त्री डोमिनिक राबलाई पत्र लेख्दै उनीहरुले तत्काल कोरोनाविरुद्धको खोप, अक्सिजन जेनेरेटर्स्, कन्सन्ट्रेटरलगायत सामग्री सहयोगको अपिल गरेका छन् ।



    सांसदहरुले नेपालमा संक्रमित भएकामध्ये ९७ प्रतिशतमा भारतमा देखिएको कोरोनाको नयाँ भेरियन्ट देखिएको र यो द्रुत गतिमा फैलिँदै गएको बताएका छन् । कमजोर स्वास्थ्य पूर्वाधार, अक्सिजनलगायतको अभाव भएकाले रोकथाम तथा उपचार प्रभावित भएको भन्दै उनीहरुले नेपाललाई तत्काल सहायता गर्नु पर्नेमा जोड दिएका छन् ।



    नेपालमा संक्रमित दर ५० प्रतिशतको आसपास रहेको, कतिपय समुदायमा ९० प्रतिशतमा पुगेको तथा कुल जनसंख्याको सात प्रतिशतले मात्रै कोरोनाविरुद्धको पहिलो डोज खोप पाएको र दुई डोज खोप लगाउनेहरूको संख्या दुई प्रतिशत मात्रै रहेको सांसदहरुले उल्लेख गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार