Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • विश्वकप छनोटमा ब्राजिलको लगातार छैटौँ जित

    विश्वकप छनोटमा ब्राजिलको लगातार छैटौँ जित

    अनलाइन नेपाल
  • बुधबार, २६ जेष्ठ २०७८
  • 1.7K
    SHARES

    एजेन्सी । विश्वकप फुटबल २०२२ को दक्षिण अमेरिकी महादेशको छनोटमा ब्राजिलले लगातार छ्रैटौँ जित निकालेको छ ।

    आज बिहान भएको खेलमा ब्राजिलले पाराग्वेलाई दुई शुन्य गोलले हराएको हो । पाराग्वेको मैदानमा भएको खेलमा ब्राजिलका नेमार र लुकास पाक्वैटाले गोल गरे। ब्राजिल ६ खेलबाट १८ अंक जोडेर शीर्ष स्थानमा छ।



    अर्जेन्टिनाले भने कोलम्बियासँग दुई दुई गोलको बराबरी खेलेको छ ।



    दोस्रो स्थानमा रहेको अर्जेन्टिनाको ६ खेलबाट १२ अंक छ। उसले तीन जित र तीन बराबरी खेलेको छ।

    कोलम्बियाको मैदानमा कोलम्बियाका लुइस मुरियल र मिगुएल बोर्जाले गोल गरे। अर्जेन्टिनाका क्रिस्टियन गाब्रियल रोमेरोले र लियोनार्दो परेडेसले गोल गरे ।

    यस्तै उरुग्वेले भेनेजुएलासँग गोलरहित बराबरी खेल्यो। उरुग्वे ६ खेलबाट ८ अंक जोडेर पाचौँ स्थानमा छ। इक्वेडर ६ खेलबाट ९ अंक जोडेर तेस्रोमा छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार